अपराधी पक्राउ गर्न गएका प्रहरीको समूहमाथि गोलीबारी, डिएसपीसहित ८ प्रहरीको मृत्यु

एजेन्सी

भारतको उत्तर प्रदेशस्थित कानपुरमा अबेर राती केही अपराधीलाई पक्रन गएको प्रहरीको समूहमाथि गोलीबारी हुँदा एक डिएसपीसहित  आठ प्रहरीको मृत्यु भएको छ । प्रहरी अधिकारीका अनुसार थुप्रै प्रहरी घाइतेसमेत भएका छन् । घटनास्थलमा अत्यधिक संख्या प्रहरी बल तैनाथ गरिएको छ ।

राज्यका प्रहरी महानिर्देशक हितेश चन्द्र अवस्थीले भने, ‘कानपुरको एक अपराधी तथा हिस्ट्रीशीटर विकास दुबेलाई पक्राउ गर्नका लागि प्रहरी चौबेपुर थाना क्षेत्रको दिकरु गाउँ पुगेको थियो । प्रहरीलाई रोक्नका लागि उनीहरुले पहिले नै जेसीबी लगाएर बाटो रोकेका थिए । ’

‘प्रहरी दल पुग्ने बित्तिकै अपराधीले छतबाट गोलीबारी गर्न सुरु गरे जसमा ८ प्रहरीको निधन भयो । यसमा डिप्युटी एसपी देवेन्द्र मिश्र, तीन सब इन्सपेक्टर र चार कन्स्टेबल छन् । ’

मुठभेदमा कम्तीमा ६ प्रहरी घाइते पनि भएका छन् जसलाई कानपुरको रिजेन्सी अस्पतालमा भर्ना गरिएको छ । एक प्रहरीको स्थिती गम्भीर बताइएको छ ।

डिजीपी अवस्थीका अनुसार विकास दुबेमाथि ६० वटा मुद्दा दर्ता छन् । केही दिनअघि कानपुरका राहुल तिवारी नामका व्यक्तिले उनीमाथि हत्याका प्रयास मुद्दा दर्ता गरेका थिए । त्यसै सिलसिलामा प्रहरीले विकास दुबेलाई पक्राउ गर्नका लागि उनको गाउँ गएको थियो जहाँ प्रहरीसँग उनको मुठभेड भयो ।

स्रोतः बीबीसी

ताजा खबर

दोस्रो वासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधी एनप्याव्सन लाई

कञ्चनपुर-दोस्रो वासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको पुर्व सन्ध्यामा...

कोब्राले लियो ज्यान, सामाजिक सञ्जालले दियो प्रेरणा

काठमाडौं । भारतको तेलंगानामा एक युवकले कोब्रा सर्पलाई मुखभित्र...

बिर्षती पर्व धुमधामका साथ सम्पन्न

कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ८ तिलाचौरमा हुने बिर्षती...

सुदूरपश्चिमका लैंगिक मैत्री प्रथाहरुको प्रचार आवश्यक : पूर्व मुख्यमन्त्री रावल

कञ्चनपुर - सुदुरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले...

नेपाली कांग्रेस र नेकपा एमाले विच भएको सहमति २०८४ को निर्वाचन सम्म कायम रहन्छ : मन्त्री लेखक

कञ्चनपुर- गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमाले...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?