अपराधी पक्राउ गर्न गएका प्रहरीको समूहमाथि गोलीबारी, डिएसपीसहित ८ प्रहरीको मृत्यु

एजेन्सी

भारतको उत्तर प्रदेशस्थित कानपुरमा अबेर राती केही अपराधीलाई पक्रन गएको प्रहरीको समूहमाथि गोलीबारी हुँदा एक डिएसपीसहित  आठ प्रहरीको मृत्यु भएको छ । प्रहरी अधिकारीका अनुसार थुप्रै प्रहरी घाइतेसमेत भएका छन् । घटनास्थलमा अत्यधिक संख्या प्रहरी बल तैनाथ गरिएको छ ।

राज्यका प्रहरी महानिर्देशक हितेश चन्द्र अवस्थीले भने, ‘कानपुरको एक अपराधी तथा हिस्ट्रीशीटर विकास दुबेलाई पक्राउ गर्नका लागि प्रहरी चौबेपुर थाना क्षेत्रको दिकरु गाउँ पुगेको थियो । प्रहरीलाई रोक्नका लागि उनीहरुले पहिले नै जेसीबी लगाएर बाटो रोकेका थिए । ’

‘प्रहरी दल पुग्ने बित्तिकै अपराधीले छतबाट गोलीबारी गर्न सुरु गरे जसमा ८ प्रहरीको निधन भयो । यसमा डिप्युटी एसपी देवेन्द्र मिश्र, तीन सब इन्सपेक्टर र चार कन्स्टेबल छन् । ’

मुठभेदमा कम्तीमा ६ प्रहरी घाइते पनि भएका छन् जसलाई कानपुरको रिजेन्सी अस्पतालमा भर्ना गरिएको छ । एक प्रहरीको स्थिती गम्भीर बताइएको छ ।

डिजीपी अवस्थीका अनुसार विकास दुबेमाथि ६० वटा मुद्दा दर्ता छन् । केही दिनअघि कानपुरका राहुल तिवारी नामका व्यक्तिले उनीमाथि हत्याका प्रयास मुद्दा दर्ता गरेका थिए । त्यसै सिलसिलामा प्रहरीले विकास दुबेलाई पक्राउ गर्नका लागि उनको गाउँ गएको थियो जहाँ प्रहरीसँग उनको मुठभेड भयो ।

स्रोतः बीबीसी

ताजा खबर

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?