कञ्चनपुरः महिलामाथी दुव्र्यवहारको आरोपमा वडाध्यक्ष नाथ पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथ पक्राउ परेका छन् ।

गएराती  मदिरा सेवन गरी भीमदत्त नगरपालिका–९ स्थित बह्मदेव बजारमा स्थिानिय महिलामाथी दुव्र्यवहार गरेको आरोपमा वडाध्यक्ष नाथ पक्राउ परेका हुन् ।

मदिरा सेवन गरेर लठ्ठ भएका नाथले महिलालाई दुव्र्यवहार गरेको आरोपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमर थापाले बताए ।

‘मदिराको मातमा महिलामाथी दुव्र्यवहार गरेको आरोप पछि हामीले वडाध्यक्षलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौ ।’ डिएसपी थापाले भने ।

भीमदत्त नगरपालिका–९ ब्रह्मदेव बजारमा एक महिलालाई अंगालो हाल्दै अपशब्द प्रयोग गर्दै वडाध्यक्ष नाथले दुव्र्यवहार गरेको स्थानीयको आरोप छ ।

‘वडाध्यक्षले महिलालाई अंगालो हाल्दै अपशब्द प्रयोग गरी दुव्र्यहार गरेका छन् ।’ एक जना स्थानीयले भने । घटना पछि बिहिवार राती ब्रह्मदेव क्षेत्र तनावग्रस्त भएको थियो । वडाध्यक्ष जस्तो मान्छेले महिलालाई दुव्र्यवहार गरेको भन्दै आक्रोसित स्थानीयहरुले सीमा प्रहरी चौकी ब्रह्मदेव घेराउ गर्दै कारबाहीको माग सहित नाराबाजी गरेका थिए ।

घटना पछि राती वडाध्यक्षलाई नियन्त्रणमा लिएर सीमा प्रहरी चौकी ब्रह्मदेवमा राखिएको थियो । अहिले वडाध्यक्ष नाथलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पु(याइएको छ ।

हाल घटनाको थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?