सुदूरपश्चिममा थप १ सय २६ जनामा कारोना पुष्टि, कुन जिल्लाका कती ?

 

महेन्द्रनगर । सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा १ सय २६ जनामा कोरोना पुष्टि भएको छ ।

सोमबार १ सय २६ जनामा कोरोना पुष्टि भए संगै प्रदेशमा जम्मा संक्रमितको संख्या २ हजार ३ सय ९७ पुगेको छ ।

बाजुराका २९ महिला,७१ पुरुष गरी जम्मा एक सय जना, कैलालीका ६ जना पुरुष, बैतडीका एक महिला, २ पुरुष गरी ३ जना,डडेल्धुराका २ महिला र डोटीका १२ महिला, ३ पुरुष गरी १५ जनामा सोमबार कोरोना पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. डागेश्वर गौतमका अनुसार भरतपुर अस्पताल प्रयोगशालामा गरीएको परीक्षणमा कैलालीका एक जना पुरुषमा कोरोना पुष्टि भएको छ भने शिक्षण अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा बाजुरका २० महिला, ४६ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा बाजुराकै ८ महिला, २४ पुरुषमा कोरोना पुष्टि भएको छ ।

यता सेती प्रादेशिक अस्पतालमा गरीएको परीक्षणमा बैतडीका एक महिला,२ पुरुष, बाजुराका एक महिला,एक पुरुष, डडेल्धुराका २ महिला,डोटीका १२ महिला,३ पुरुष र कैलालीका ५ जना पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

सुदूरपश्चिममा हाल सम्म ६ जनाको मृत्यु भईसकेको छ भने ३ सय ६७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

ताजा खबर

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

सुदूरपश्चिमका हेमराज भट्ट रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित, १,१३७ मतसहित पहिलो महाधिवेशनमै ऐतिहासिक सफलता

काठमाडौं, १२ असार  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट...

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहबाट २४८९ विद्यार्थी दीक्षित हुँदै

कञ्चनपुर ११ असार सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो छैटौँ दीक्षान्त समारोह शुक्रबार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?