सुदूरपश्चिममा थप १ सय २६ जनामा कारोना पुष्टि, कुन जिल्लाका कती ?

 

महेन्द्रनगर । सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा १ सय २६ जनामा कोरोना पुष्टि भएको छ ।

सोमबार १ सय २६ जनामा कोरोना पुष्टि भए संगै प्रदेशमा जम्मा संक्रमितको संख्या २ हजार ३ सय ९७ पुगेको छ ।

बाजुराका २९ महिला,७१ पुरुष गरी जम्मा एक सय जना, कैलालीका ६ जना पुरुष, बैतडीका एक महिला, २ पुरुष गरी ३ जना,डडेल्धुराका २ महिला र डोटीका १२ महिला, ३ पुरुष गरी १५ जनामा सोमबार कोरोना पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. डागेश्वर गौतमका अनुसार भरतपुर अस्पताल प्रयोगशालामा गरीएको परीक्षणमा कैलालीका एक जना पुरुषमा कोरोना पुष्टि भएको छ भने शिक्षण अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा बाजुरका २० महिला, ४६ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा बाजुराकै ८ महिला, २४ पुरुषमा कोरोना पुष्टि भएको छ ।

यता सेती प्रादेशिक अस्पतालमा गरीएको परीक्षणमा बैतडीका एक महिला,२ पुरुष, बाजुराका एक महिला,एक पुरुष, डडेल्धुराका २ महिला,डोटीका १२ महिला,३ पुरुष र कैलालीका ५ जना पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

सुदूरपश्चिममा हाल सम्म ६ जनाको मृत्यु भईसकेको छ भने ३ सय ६७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

ताजा खबर

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा शिक्षक महासंघ नजाने

काठमाडौँ – नेपाल शिक्षक महासंघले शिक्षा मन्त्रालयले बोलाएको वार्तामा...

देउडा सुदूरपश्चिमको पहिचान हो, अन्तर्राष्ट्रियकरण गर्नुपर्छः मन्त्री साउद

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट...

भीमदत्त सरसफाई अभियानलाई निरन्तरता

महेन्द्रनगर । कञ्चनपुरमा भीमदत्त सरसफाई अभियानलाई निरन्तरता दिईएको छ...

शैक्षिक गुणस्तर सुधारका लागी विद्यालयहरुको अनुगमन लाई निरन्तरता

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागी विद्यालयहरुको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?