सुदूरपश्चिमका विभिन्न जिल्लामा आज थप २ सय २८ जनामा कोरोना पुष्टिः कुन जिल्लामा कति थपिए संक्रमित ?

महेन्द्रनगर । सुदूरपश्चिममा कोरोना संकमितको संख्या २ हजार ७६ पुगेको छ ।

सुदूरपश्चिममा शनिबार एकै दिन थप २ सय २८ जनामा कोरोना पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरीएको परीक्षणमा सुदूरपश्चिमका १ सय १० जना, विर अस्पताल प्रयोगशालामा ६ जना, शिक्षण अस्पतालमा ८२ जनामा कोरोना पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा संक्रमित हुनेमा अछामका १ महिला, १२ पुरुष, बैतडीका ६ महिला,१८ पुरुष, बझाङका ४ पुरुष, बाजुराका १ महिला,३ पुरुष, डडेल्धुराका २ महलिा,६ पुरुष, डोटीका १५ महिला, ३१ पुरुष, कैलालीका २ महिला,६ पुरुष र कञ्चनपुरका ३ जना पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार विर अस्पताल प्रयोगशालामा गरीएको परीक्षणमा बझाङका एक महिला, ३ पुरुष, डोटीका २ जना पुरुष रहेका छन् भने शिक्षण अस्पतालमा गरीएको परीक्षणमा बाजुराका ३२ महलिा, ५० जना पुरुषमा कारोना पुष्टि भएको छ ।

यता धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा गरीएको परीक्षणमा डोटीका ९ महिला, ४ पुरुष, कैलालीका १३ पुरुष र ४ जना महिलामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा पाठ्यक्रमदेखि पूर्वाधार विकाससम्म सुधारको पहल

कञ्चनपुर ०२ भाद्र सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै पाठ्यक्रम, प्रशासनिक...

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?