सुदूरपश्चिमका विभिन्न जिल्लामा आज थप २ सय २८ जनामा कोरोना पुष्टिः कुन जिल्लामा कति थपिए संक्रमित ?

महेन्द्रनगर । सुदूरपश्चिममा कोरोना संकमितको संख्या २ हजार ७६ पुगेको छ ।

सुदूरपश्चिममा शनिबार एकै दिन थप २ सय २८ जनामा कोरोना पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरीएको परीक्षणमा सुदूरपश्चिमका १ सय १० जना, विर अस्पताल प्रयोगशालामा ६ जना, शिक्षण अस्पतालमा ८२ जनामा कोरोना पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा संक्रमित हुनेमा अछामका १ महिला, १२ पुरुष, बैतडीका ६ महिला,१८ पुरुष, बझाङका ४ पुरुष, बाजुराका १ महिला,३ पुरुष, डडेल्धुराका २ महलिा,६ पुरुष, डोटीका १५ महिला, ३१ पुरुष, कैलालीका २ महिला,६ पुरुष र कञ्चनपुरका ३ जना पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार विर अस्पताल प्रयोगशालामा गरीएको परीक्षणमा बझाङका एक महिला, ३ पुरुष, डोटीका २ जना पुरुष रहेका छन् भने शिक्षण अस्पतालमा गरीएको परीक्षणमा बाजुराका ३२ महलिा, ५० जना पुरुषमा कारोना पुष्टि भएको छ ।

यता धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा गरीएको परीक्षणमा डोटीका ९ महिला, ४ पुरुष, कैलालीका १३ पुरुष र ४ जना महिलामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

ताजा खबर

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

गुगुल्डि वाङमणी प्रतिष्ठानद्धारा पत्रकार केसीलाई सम्मान

धन सिह धामी,२५ असार । कञ्चनपुरका युवा पत्रकार भाष्कर केसीलाई...

एमालेका मेयर धामीका छोरा र कृषि शाखा प्रमुखले जिउँदै मान्छे मरेको भन्दै फर्जी कागजात बनाए

उपेश सिंह धामी कञ्चनपुर, असार २५ भ्रष्टाचार गर्न मान्छे कतिसम्म गर्दा...

खुला भलिबल प्रतियोगिता शुरु

 सञ्जय महर, असार २५ कञ्चनपुरको महेन्द्रनगरमा खुला पुरुष भलिबल...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?