जनबाहिनी नेपालका संयोजक ओझाद्धारा कञ्चनपुरका संचारकर्मी र सुरक्षकर्मीलाई स्वास्थ्य सामाग्री

महेन्द्रनगर । जनबाहिनी नेपालका संयोजक शिरोमणी ओझाले कञ्चनपुरका संचारकर्मी र सुरक्षकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।

शनिबार एक कार्यक्रमका बिच संयोजक ओझाले जिल्लाका सक्रिय संचारकर्मी र कोरोना नियन्त्रणका निम्ती खटिएका सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।

कोरोनाले गर्दा विश्व नै त्रसित बनेको अवस्थामा पनि पत्रकारहरुले आम जनताहरुलाई सूचना प्रदान गरीरहेको र सुरक्षाकर्मीले पनि यस्तो महामारीमा सुरक्षा दिईरहेका हुदाँ उहाँहरुको स्वास्थ्य सुरक्षाका लागि केही आफुले सक्दो सहयोग गरेको संयोजक ओझाले बताए ।

उनले भने ‘समाचार संकलनका लागि पत्रकारहरु रातदिन खटिनु पर्ने र हाम्रो सुरक्षाका लागि सुरक्षकर्मीपनि रातदिन खटिने भएकोले उहाँहरुको स्वास्थ्य सुरक्षाका लागि माक्स,सेनिटाइजर, गलब्स लगाएतका स्वास्थ्य सामाग्री सहयोग गरेको हु ।’

संयोजक ओझाले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएका छनु ।

ताजा खबर

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

निःशुल्क चिकित्सकीय प्रजनन स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २७, मंसिर स्वास्थ्य कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको प्राविधिक...

ब्रम्हदेबदेखि बहुमतको जनसंघर्ष अभियान शुरु

कञ्चनपुर, मसिर २८ कञ्चनपुरकोे उत्तरी सामरिक महत्व राख्ने ब्रम्हदेबदेखि...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?