सुदूरपश्चिमका विभिन्न जिल्लामा आज थप २ सय १९ जनामा कोरोना पुष्टिः कुन जिल्लामा कति थपिए संक्रमित ?

महेन्द्रनगर । सुदूरपश्चिममा कोरोना संकमितको संख्या १ हजार ९ सय ६७ पुगेको छ ।

प्रदेशमा शुक्रबार एकै दिन थप २ सय १९ जनामा कोरोना पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरीएको परीक्षणमा सुदूरपश्चिमका १ सय ८३ जना, भरतपुर अस्पताल प्रयोगशालामा गरीएको परीक्षणमा एक जना र धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा गरीएको परीक्षणमा ३५ जनामा कोरोना पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा शुक्रबारबार संक्रमित हुनेमा अछामका एक पुरुष, बैतडीका ५ महिला,२० पुरुष, बझाङका ३ महिला,६ पुरुष, बाजुराका १० महिला,१७ पुरुष, दार्चुलाका ३ पुरुष, डोटीका १७ महिला, २९ पुरुष, कैलालीका ८ महिला, २२ पुरुष र कञ्चनपुरका ८ महिला, ३४ जना पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

त्यस्तै भरतपुर अस्पताल प्रयोगशालामा गरीएको परीक्षणमा कैलालीका एक पुरुषमा कोरोना पुष्टि भएको उनले बताए ।

यता धनगढी स्थित कारोना परीक्षण प्रयोगशालामा गरीएको परीक्षणमा कैलालीका १ महिला,६ पुरुष, डोटीका ६ महिला, १९ पुरुष, बैतडीका २ पुरुष, र कञ्चनपुरका एक पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?