सुदूरपश्चिमका विभिन्न जिल्लामा आज थप २ सय १९ जनामा कोरोना पुष्टिः कुन जिल्लामा कति थपिए संक्रमित ?

महेन्द्रनगर । सुदूरपश्चिममा कोरोना संकमितको संख्या १ हजार ९ सय ६७ पुगेको छ ।

प्रदेशमा शुक्रबार एकै दिन थप २ सय १९ जनामा कोरोना पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरीएको परीक्षणमा सुदूरपश्चिमका १ सय ८३ जना, भरतपुर अस्पताल प्रयोगशालामा गरीएको परीक्षणमा एक जना र धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा गरीएको परीक्षणमा ३५ जनामा कोरोना पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा शुक्रबारबार संक्रमित हुनेमा अछामका एक पुरुष, बैतडीका ५ महिला,२० पुरुष, बझाङका ३ महिला,६ पुरुष, बाजुराका १० महिला,१७ पुरुष, दार्चुलाका ३ पुरुष, डोटीका १७ महिला, २९ पुरुष, कैलालीका ८ महिला, २२ पुरुष र कञ्चनपुरका ८ महिला, ३४ जना पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

त्यस्तै भरतपुर अस्पताल प्रयोगशालामा गरीएको परीक्षणमा कैलालीका एक पुरुषमा कोरोना पुष्टि भएको उनले बताए ।

यता धनगढी स्थित कारोना परीक्षण प्रयोगशालामा गरीएको परीक्षणमा कैलालीका १ महिला,६ पुरुष, डोटीका ६ महिला, १९ पुरुष, बैतडीका २ पुरुष, र कञ्चनपुरका एक पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?