सुदूरपश्चिमका विभिन्न जिल्लामा आज थप १ सय १८ जनामा कोरोना पुष्टिः कुन जिल्लामा कति थपिए ?

महेन्द्रनगर । सुदूरपश्चिममा कोरोना संकमितको संख्या १ हजार ७ सय ४८ पुगेको छ ।

प्रदेशमा विहिबार एकै दिन थप १ सय १८ जनामा कोरोना पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरीएको परीक्षणमा प्रदेशका १ सय ७ जनामा, सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालामा गरीएको परीक्षणमा ५ जनामा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरीएको परीक्षणमा ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा विहिवारबार संक्रमित हुनेमा अछामका ४ महिला,९ पुरुष, बैतडीका एक पुरुष, बझाङका ३ महिला,१३ पुरुष, बाजुराका २ महिला,२ पुरुष, डडेल्धुराका १ महलिा ११ पुरुष, कैलालीका २ पुरुष र कञ्चनपुरका ११ महिला,४८ जना पुरुष रहेका छन् ।

यता सुर्खेत प्रादेशिक अस्पतालमा गरीएको परीक्षणमा संक्रमित हुनेमा बैतडीका १ पुरुष, बझाङका २ पुरुष, दार्चुलाका १ पुरुष, र कैलालीका १ पुरुष रहेका छन् ।

त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरीएको परीक्षणमा बैतडीका १ पुरुष, बाजुराका ४ पुरुष र कञ्चनपुरका १ पुरुष रहेका छन् ।

हाल उनिहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?