सुदूरपश्चिमका विभिन्न जिल्लामा आज थप १ सय १८ जनामा कोरोना पुष्टिः कुन जिल्लामा कति थपिए ?

महेन्द्रनगर । सुदूरपश्चिममा कोरोना संकमितको संख्या १ हजार ७ सय ४८ पुगेको छ ।

प्रदेशमा विहिबार एकै दिन थप १ सय १८ जनामा कोरोना पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरीएको परीक्षणमा प्रदेशका १ सय ७ जनामा, सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालामा गरीएको परीक्षणमा ५ जनामा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरीएको परीक्षणमा ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा विहिवारबार संक्रमित हुनेमा अछामका ४ महिला,९ पुरुष, बैतडीका एक पुरुष, बझाङका ३ महिला,१३ पुरुष, बाजुराका २ महिला,२ पुरुष, डडेल्धुराका १ महलिा ११ पुरुष, कैलालीका २ पुरुष र कञ्चनपुरका ११ महिला,४८ जना पुरुष रहेका छन् ।

यता सुर्खेत प्रादेशिक अस्पतालमा गरीएको परीक्षणमा संक्रमित हुनेमा बैतडीका १ पुरुष, बझाङका २ पुरुष, दार्चुलाका १ पुरुष, र कैलालीका १ पुरुष रहेका छन् ।

त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरीएको परीक्षणमा बैतडीका १ पुरुष, बाजुराका ४ पुरुष र कञ्चनपुरका १ पुरुष रहेका छन् ।

हाल उनिहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?