सुदूरपश्चिममा एकैदिन थप १ सय ६३ जनामा कोरोना पुष्टि

महेन्द्रनगर । सुदूरपश्चिममा कोरोना संक्रमितको सख्या ९ सय ३३ पुगेको छ । प्रदेशमा एकै दिन १ सय ६३ जनामा कोरोना पुष्टि भएको छ ।

धनगढी स्थित कोरोना परिक्षण प्रयोगशालामा गरीएको परिक्षणमा थप ६९ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका अनुसार शनिवार संक्रमित हुनेहरुमा अछामका २ पुरुष, बैतडीका एक महिला,एक पुरुष, बझाङका २ पुरुष, डडेल्धुराका ४ महिला, २२ पुरुष,डोटीका ४ महिला, ७ पुरुष, कैलालीका २ महिला,२२ पुरुष र कञ्चनपुरका एक जना पुरुष रहेका छन् ।

यस अघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरीएको परिक्षणमा ९२ र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल प्रयोगशालामा गरीएको परिक्षणमा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका थिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा संक्रमित हुनेमा बैतडीका १८ पुरुष, डडेल्धुराका ५ महिला, ७ पुरुष, डोटीका ९ महिला, ५२ पुरुष, कैलालीका एक पुरुष रहेका छन् ।

त्यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल प्रयोगशालामा गरीएको परिक्षणमा कैलालीका २ जना पुरुष रहेका छन् ।

No photo description available.

ताजा खबर

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

निःशुल्क चिकित्सकीय प्रजनन स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २७, मंसिर स्वास्थ्य कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको प्राविधिक...

ब्रम्हदेबदेखि बहुमतको जनसंघर्ष अभियान शुरु

कञ्चनपुर, मसिर २८ कञ्चनपुरकोे उत्तरी सामरिक महत्व राख्ने ब्रम्हदेबदेखि...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?