सुदूरपश्चिममा एकैदिन थप १ सय ६३ जनामा कोरोना पुष्टि

महेन्द्रनगर । सुदूरपश्चिममा कोरोना संक्रमितको सख्या ९ सय ३३ पुगेको छ । प्रदेशमा एकै दिन १ सय ६३ जनामा कोरोना पुष्टि भएको छ ।

धनगढी स्थित कोरोना परिक्षण प्रयोगशालामा गरीएको परिक्षणमा थप ६९ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका अनुसार शनिवार संक्रमित हुनेहरुमा अछामका २ पुरुष, बैतडीका एक महिला,एक पुरुष, बझाङका २ पुरुष, डडेल्धुराका ४ महिला, २२ पुरुष,डोटीका ४ महिला, ७ पुरुष, कैलालीका २ महिला,२२ पुरुष र कञ्चनपुरका एक जना पुरुष रहेका छन् ।

यस अघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरीएको परिक्षणमा ९२ र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल प्रयोगशालामा गरीएको परिक्षणमा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका थिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा संक्रमित हुनेमा बैतडीका १८ पुरुष, डडेल्धुराका ५ महिला, ७ पुरुष, डोटीका ९ महिला, ५२ पुरुष, कैलालीका एक पुरुष रहेका छन् ।

त्यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल प्रयोगशालामा गरीएको परिक्षणमा कैलालीका २ जना पुरुष रहेका छन् ।

No photo description available.

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?