सुदूरपश्चिममा एकैदिन २ सय ३८ जनामा कोरोना पुष्टि

महेन्द्रनगर । सुदूरपश्चिममा कोरोना संक्रमितको सख्या ६ सय १५ पुगेको छ । प्रदेशमा विहिवार एकै दिन २ सय ३८ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरीएको परिक्षणमा २ सय १३, धनगढी स्थित कोरोना परिक्षण प्रयोगशालमा गरीएको परिक्षणमा २४ र बाँकेको प्रयोगशालामा गरीएको परिक्षणमा एक गरी थप २ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा संक्रमित हनेमा अछामका ११ महिला, ३१ पुरुष गरी ४२ जना, बैतडीका २ महिला, २३ पुरुष गरी २५ जना, बाजुरामा १५ महिला, २६ पुरुष गरी ४१ जना, डडेल्धुराका ७ महिला,७७ पुरुष गरी ८४ जना, कैलालीमा २ महिला, १९ पुरुष गरी २१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

यस्तै धनगढी प्रयोगशालामा गरीएको परिक्षणमा संक्रमित हुनेमा कञ्चनपुरका २०, कैलालीका तीन र अछाम जिल्लाका एक जना गरी जम्मा २४ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

उता बाँकेको प्रयोगशालामा गरीएको परिक्षणमा पनि कैलालीकै थप एक जना महिलामा कोरोना पुष्टि भएको थियो । उनमा मृत्युपछि कोरोना पुष्टि भएको हो ।

प्रदेशमा संक्रमणका कारण ४ जनाको मृत्यु भइसकेको छ भने ८१ जना कोरोना लाई जितेर घर फर्किसकेका छन् ।

ताजा खबर

लटिनाथ मावि दार्चुलाका विद्यार्थी माल कञ्चनपुरमा छाडा बिरामी पशुको उपचार गर्दैै

कञ्चनपुर, साउन १४ दूरपश्चिम प्रदेशको पहाडी जिल्ला दार्चुलाका एक विद्यार्थी...

नेपाल आमाको मूर्ति बनाउन दानेश्वर हरी बहुमुखी क्याम्पसद्वारा आर्थिक सहयोग

कञ्चनपुर, १३ साउन । कञ्चनपुरकोे एक क्याम्पसले जिल्लाको उत्तरी भेग...

सुपवि स्ववियु स्थगित प्रकरण ः क्रान्तिकारीविच कुटाकुट ः पाटीले ग¥यो, क्रान्तिकारी नेता विष्टलाई कार्बाही

कञ्चनपुर, १२ साउन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस निर्वाचनको विषयलाई लिएर...

काँग्रेस नेता साउदले मागे, निर्मला हत्यारामाथि कार्बाही

कञ्चनपुर, साउन ११ नेपाली काँग्रेस नेता एनपी साउदले निर्मलाका हत्यारामाथि...

माओवादी निकट महिला संगठनको प्रशन, गृहमन्त्री ज्यु निर्मलाका हत्यारा सार्वजनिक कहिले हुन्छन ?

माओवादी निकट महिला संगठनको प्रश्न, गृहमन्त्री ज्यु निर्मलाका हत्यारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?