सुदूरपश्चिममा एकैदिन २ सय ३८ जनामा कोरोना पुष्टि

महेन्द्रनगर । सुदूरपश्चिममा कोरोना संक्रमितको सख्या ६ सय १५ पुगेको छ । प्रदेशमा विहिवार एकै दिन २ सय ३८ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरीएको परिक्षणमा २ सय १३, धनगढी स्थित कोरोना परिक्षण प्रयोगशालमा गरीएको परिक्षणमा २४ र बाँकेको प्रयोगशालामा गरीएको परिक्षणमा एक गरी थप २ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा संक्रमित हनेमा अछामका ११ महिला, ३१ पुरुष गरी ४२ जना, बैतडीका २ महिला, २३ पुरुष गरी २५ जना, बाजुरामा १५ महिला, २६ पुरुष गरी ४१ जना, डडेल्धुराका ७ महिला,७७ पुरुष गरी ८४ जना, कैलालीमा २ महिला, १९ पुरुष गरी २१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

यस्तै धनगढी प्रयोगशालामा गरीएको परिक्षणमा संक्रमित हुनेमा कञ्चनपुरका २०, कैलालीका तीन र अछाम जिल्लाका एक जना गरी जम्मा २४ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

उता बाँकेको प्रयोगशालामा गरीएको परिक्षणमा पनि कैलालीकै थप एक जना महिलामा कोरोना पुष्टि भएको थियो । उनमा मृत्युपछि कोरोना पुष्टि भएको हो ।

प्रदेशमा संक्रमणका कारण ४ जनाको मृत्यु भइसकेको छ भने ८१ जना कोरोना लाई जितेर घर फर्किसकेका छन् ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?