सुदूरपश्चिममा एकैदिन थप १ सय ३७ जनामा कोरोना पुष्टि

महेन्द्रनगर । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ सय ६६ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा विहिवार  डडेल्धुराका ८३, अछाममा २९ र बैतडीमा २५ जनामा गरी जम्मा १ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड–१९ फोकल पर्सन हरि भट्टका अनुसार जिल्लामा थप ८३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै अछामको मेल्लेख गाउँपालिकामा २३ जना र सांफेबगर नगरपालिकामा ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले बताए ।

उता स्वास्थ्य कार्यालय बैतडीका कोभिड–१९ फोकल पर्सन भुवन प्रसाद जोशीले पनि जिल्लामा २५ जना नयाँ संक्रमित थपिएको जानकारी दिए ।

अहिले उनिहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका र उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा नमूनाको चाप बढे पछि केही दिन अगाडि दुई हजार नमूना काठमाडौँ पठाइएको थियो ।

बिहिवार संक्रमण पुष्टि हुनेहरु सबैको परीक्षण काठमाडौँमा नै गरिएको हो ।

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?