सुदूरपश्चिममा एकैदिन थप १ सय ३७ जनामा कोरोना पुष्टि

महेन्द्रनगर । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ सय ६६ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा विहिवार  डडेल्धुराका ८३, अछाममा २९ र बैतडीमा २५ जनामा गरी जम्मा १ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड–१९ फोकल पर्सन हरि भट्टका अनुसार जिल्लामा थप ८३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै अछामको मेल्लेख गाउँपालिकामा २३ जना र सांफेबगर नगरपालिकामा ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले बताए ।

उता स्वास्थ्य कार्यालय बैतडीका कोभिड–१९ फोकल पर्सन भुवन प्रसाद जोशीले पनि जिल्लामा २५ जना नयाँ संक्रमित थपिएको जानकारी दिए ।

अहिले उनिहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका र उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा नमूनाको चाप बढे पछि केही दिन अगाडि दुई हजार नमूना काठमाडौँ पठाइएको थियो ।

बिहिवार संक्रमण पुष्टि हुनेहरु सबैको परीक्षण काठमाडौँमा नै गरिएको हो ।

ताजा खबर

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?