भीमदत्त नगरपालिकालाई यस्तो बजेट ल्याउन सरोकारवालाको सुझाव

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति, कार्यक्रम तथा बजेटका लागि राजनीतिक दल सहित विभिन्न क्षेत्रका सरोकारवाला संग छलफल गरेको छ ।

आइतबार वार्षिक नीति, कार्यक्रम तथा बजेट तर्जुमा सम्बन्धि सरोकारवालासंग परामर्श बैठक गरी सुझाव लिएको हो । नगरपालिकाले असार ४ गते नगर सभाको तयारी गरेको छ ।

बैठकमा सहभागी राजनीतिक दलका नेता सहित, पूर्व जनप्रतिनिधि, उद्यमी व्यवसायी, अधिकारर्मी, नागरिक समाजका अगुवाले कोभिड–१९ को महामारी, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव दिएका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का भीमदत्त नगर कमिटी अध्यक्ष रमेश तिरुवाले कोरोना महामारी सहित विपद्लाई सम्बोधन हुने गरी नीति कार्यक्रम र बजेट ल्याउनु पर्ने बताए ।

‘कोरोना महामारी छ, बर्खा याम पनि सुरु हुँदैछ, विपद् अरु पनि बढ्दै जाने छन्, त्यस कारण विपद्लाई प्राथमिकता दिएर बजेट ल्याउने पर्ने देखिन्छ’ उनले भने, ‘योसंगै विकास निर्माणलाई हेरिनु पर्छ ।’

नेकपा नगर अध्यक्ष तिरुवाले क्रमागत रुपमा बजेट विनियोजन हुने योजना यस वर्षको बजेटमा समावेश गरिनु पर्नेमा जोड दिए ।
नेपाली काँग्रेस भीमदत्त नगर सभापति पदमराज अवस्थीले कोरोना महामारीका कारण उत्पन्न संकट समाधान हुने गरी बजेट आउनु पर्नेमा जोड दिए । नगर सभापति अवस्थीले भारतबाट घर फर्किएका वासिन्दालाई बजेटमा प्राथमिकता दिनु पर्ने बताए ।

बैठकमा बुद्धिजीवि कृष्णदत्त भट्टले बीमा, सिँचाई, कोल्ड स्टोर, मलखाद, हाट बजार सञ्चालन लगायतका कार्यक्रमलाई आगामी वर्षको नीति, कार्यक्रम तथा बजेटमा प्राथमिकता दिनु पर्ने बताए ।

‘कृषिलाई प्राथमिकता दिएर बजेट ल्याउनु पर्छ, कोरोना भन्दा ठूलो महामारी भोकमरीको हुन सक्छ’ उनले भने, ‘त्यसका लागि भोकमरी हटाउने गरी कृषि कार्य गरिनु पर्छ ।’

होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष प्रमान्द भण्डारीले कोरोना महामारीका कारण ध्वस्त पर्यटन व्यवसायलाई सहयोग पुग्ने कार्यक्रम बजेटमा ल्याउनु सुझाव दिएका छन् ।

महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशी बोक्सरले भीमदत्त नगरपालिकाले महाकाली अस्पताललाई सहयोग गर्दै आएकोमा आगामी वर्षको बजेटमा पनि स्वास्थ्यलाई प्राथमिकता दिनु पर्नेमा जोड दिए ।

‘भीमदत्त नगरपालिका नमूना नगरपालिका बन्ने दिशातिर गएको छ, त्यसका लागि सक्दो सहयोग गर्छौ’ उनले भने,‘अस्पताल सुधार सहित स्वास्थ्यका कार्यक्रमलाई प्राथमिकता दिनु आवश्यक छ ।’
अध्यक्ष जोशीले महाकाली उप प्रादेशिक अस्पताललाई प्रादेशिक बनाउन सुदूरपश्चिम सरकारसित लडाई सुरु गरिएको बताए ।

‘सेतीलाई प्रादेशिक भनेको छ, महाकालीलाई उप प्रादेशिक भनेको छ, त्यो केही दिन अघि मात्रै उप भनियो’ उनले भने,‘यो राम्रो भएन, अब प्रादेशिक बनाउन लडाई सुरु भएको छ, यसमा सबैको साथ सहयोगको आश गरिएको छ ।’

उदयदेब बहुउद्देश्यीय सहकारी संस्था लि.प्रबन्ध निर्देशक गणेश बहादुर चन्दले सहकारी क्षेत्रको प्रवद्र्धन हुने गरी आगामी वर्षको नीति, कार्यक्रम र बजेट ल्याउन सुझाव दिए ।

पूर्वाधार निर्माणमा भीमदत्त नगरपालिकाको प्रगति लोभलाग्दो भएको उल्लेख गर्दै प्रबन्ध निर्देशक चन्दले भने, ‘कोरोना महामारी छ, त्यसलाई सम्बोधन हुने गरी स्वास्थ्यलाई प्राथमिकता दिनु पर्छ, सहकारी क्षेत्रलाई पनि प्राथमिकता दिएर जान सके राम्रो हुनेछ ।’

आगामी वर्षको बजेटमा एक सहकारी एक उत्पादन कार्यक्रम समावेश गरिएकोमा चन्दले नगरपालिकालाई धन्यवाद दिदै नगर क्षेत्रभित्रका सहकारीको वर्गीकरण गरी जिम्मेवारी दिनु पर्ने उल्लेख गरे ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरका सभापति टेकराज उप्रेती, कञ्चनपुर उद्योग बाणिज्य संघ कार्य समितिका सदस्य प्रेम सिह भाट, गैर सरकारी संस्था महासंघ कञ्चनपुरका अध्यक्ष नरेश सिलाल, नेपाल अपाङ्ग महिला संघ कञ्चनपुरका अध्यक्ष अनिता ढुङ्गाना, नेपाल पत्रकार महासंघ कञ्चनपुरका निवर्तमान अध्यक्ष लक्ष्मण तिरुवा, व्यवसायी विष्णु कँडेल, माइती नेपालका महेश्वरी भट्ट, व्यवसायी पूर्ण सिह साउँद लगायतले सुझाव दिएका छन् ।

बैठकमा नगर भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै कोरोना महामारीका कारण उत्पन्न संकट समाधान हुने गरी आगामी वर्षको नीति, कार्यक्रम र बजेट ल्याइने बताए ।

‘कोरोना महामारीकाबीच आगामी वर्षको बजेट ल्याउने तयारीमा छौ, त्यसका लागि आजको परामर्श बैठक गरिएको छ, सहभागी भई दिनु भएकोमा सबैमा धन्यवाद दिन चाहन्छु’ नगर प्रमुख विष्टले भने, ‘बैठकमा आएका सबैको सल्लाह सुझावका आधारमा स्वास्थ्य, कृषि, रोजगार, उत्पादनलाई प्रा्रथमिकता दिएर बजेट ल्याउँछौ ।’

बैठकमा नगर प्रमु्ख विष्ट सहित नगर उप प्रमुख सुशिला चन्द सिह, प्रमुख प्रशासकीय अधिकृत पुस्कर बहादुर सिह, पूर्व नगर उप प्रमुख ईश्वरी प्रसाद खरेल लगायतका सहभागी भएका छन् ।

बैठकमा भीमदत्त नगरपालिकाका इन्जिनियर हिमालय सिह ऐरले स्थानीय तह निर्वाचनपछिको कार्य प्रगति विवरण प्रस्तुत गरे । नगर प्रमुखको सचिवालयका नायब सुब्बा दिनेशराज भट्टले आगामी वर्षको नीति, कार्यक्रम र बजेटका लागि विषय प्रस्तुत गरेका थिए ।

ताजा खबर

भीमदत्तको विकास र सुशासनमा युवा समाजसेवी ऐरीको निरन्तर खबरदारी

कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का युवा समाजसेवी दीपेन्द्र सिंह ऐरी...

महिला सशक्तीकरण केन्द्रमार्फत समुदायका समस्या समाधानका लागि सरोकारवालासँग पैरवी बैठक

कञ्चनपुर, १४ भदौ । समुदायमा रहेका समस्या पहिचान तथा समाधानका...

बाढी प्रभावितका लागि उदयदेव बहुउद्देश्यीय सहकारीद्वारा २ लाख ११ हजार सहयोग

महेन्द्रनगर । रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा आएको...

जन्मदिनको अवसरमा कलौनी दाजुभाईको बाढी पिडितलाई आर्थिक सहयोग

कञ्चनपुर -बाढीपीडितका लागि ३६ हजार ५ सय ५५ कञ्चनपुर...

भोटेकोशी बाढीपीडितका लागि चिया कफी दरबारको रु. ५१ हजार सहयोग

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?