बल्ल सञ्चालनमा आयो कञ्चनपुरको कोरोना अस्पताल

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित कोरोना अस्पताल झन्डै तीन साता ढीलो सञ्चालनमा आएको छ ।

शुक्रवार एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले उक्त अस्पतालको उद्धघाटन गरेका हुन् ।

जेठ ७ गते नै निर्माण कार्य सम्पन्न गर्नु पर्ने सम्झौता भएपनि ठेकेदारको लापरबाहीले झन्डै तीन साता ढीलो अस्पताल सञ्चालनमा आएको हो ।

महाकाली अस्पताल परिसरमै निर्माण गरीएको उक्त कोरोना अस्पताल महाकाली अस्पतालले नै सञ्चालन गर्नेछ ।

९२ लाख ५४ हजारमा कोरोना अस्पताल निर्माणका लागि विपिन विल्र्डसले निर्माणको जिम्मा पाएको थियो ।

५० शैयाको उक्त अस्पतालमा अब नयाँ संक्रमित भएर आउने बिरामीलाई राख्ने महाकाली अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले बताए ।

उनका अनुसार हाल महाकाली अस्पतालमा कैलालीका ७ जना,काठमाण्डौँका २ जना र कञ्चनपुरका २४ जना गरी जम्मा ३३ जना संक्रमितको उपचार भैरहेको छ ।

उनले भने‘कोरोना अस्पताल त सञ्चालनमा आयो अब पीसीआर मेसिन जडानका लागि आवश्यक पूर्वाधार र जनशक्तिको अभाव छ । त्यसका लागी सम्बन्धित निकायमा पहल गरी रहेका छौ ।’

त्यस्तै उनले महाकाली अस्पताललाई प्रादेशीक अस्पताल बनाउन पनि सामाजिकमन्त्रि संग छलफल भएको जानकारी दिए ।

ताजा खबर

डिग्री होल्डर बृजकिशोर चन्द निर्माण व्यवसायी संघ कञ्चनपुर सचिवको दौडमा

कञ्चनपुर, भदौँ १८ कञ्चनपुर महेन्द्रनगरका युवा बृज किशोर चन्द स्नाकोत्तर...

ईन्जिनियर महरा निर्माण व्यवसायी संघ कञ्चनपुर सहकोषाध्यक्षको चुनावी मैदानमा

कञ्चनपुर , १८ भदौँ । आउँदो शनिबार २१ भदौँमा निर्माण...

युवा निर्माण व्यवसायी कार्की संघको सहकोषाध्यक्षको दौडमा

कञ्चनपुर, १७ भदौं । कञ्चनपुरका युवा निर्माण व्यवसायी चित्र बहादुर...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?