बल्ल सञ्चालनमा आयो कञ्चनपुरको कोरोना अस्पताल

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित कोरोना अस्पताल झन्डै तीन साता ढीलो सञ्चालनमा आएको छ ।

शुक्रवार एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले उक्त अस्पतालको उद्धघाटन गरेका हुन् ।

जेठ ७ गते नै निर्माण कार्य सम्पन्न गर्नु पर्ने सम्झौता भएपनि ठेकेदारको लापरबाहीले झन्डै तीन साता ढीलो अस्पताल सञ्चालनमा आएको हो ।

महाकाली अस्पताल परिसरमै निर्माण गरीएको उक्त कोरोना अस्पताल महाकाली अस्पतालले नै सञ्चालन गर्नेछ ।

९२ लाख ५४ हजारमा कोरोना अस्पताल निर्माणका लागि विपिन विल्र्डसले निर्माणको जिम्मा पाएको थियो ।

५० शैयाको उक्त अस्पतालमा अब नयाँ संक्रमित भएर आउने बिरामीलाई राख्ने महाकाली अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले बताए ।

उनका अनुसार हाल महाकाली अस्पतालमा कैलालीका ७ जना,काठमाण्डौँका २ जना र कञ्चनपुरका २४ जना गरी जम्मा ३३ जना संक्रमितको उपचार भैरहेको छ ।

उनले भने‘कोरोना अस्पताल त सञ्चालनमा आयो अब पीसीआर मेसिन जडानका लागि आवश्यक पूर्वाधार र जनशक्तिको अभाव छ । त्यसका लागी सम्बन्धित निकायमा पहल गरी रहेका छौ ।’

त्यस्तै उनले महाकाली अस्पताललाई प्रादेशीक अस्पताल बनाउन पनि सामाजिकमन्त्रि संग छलफल भएको जानकारी दिए ।

ताजा खबर

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?