कोरोना भाइरस कात्तिकमा समाप्त हुनसक्छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको नीतिले नेपालमा कोरोना भाइरसको संक्रमण फैलिन नपाएको दावी गरेका छन् । प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लकडाउनको नीतिले क्षति कम गरेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘समयमै लकडाउनको नीति अवलम्वन गर्यौँ । मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, साबुन पानीले हात धुने, राम्रो खाने कुरा सरकारले गरेका प्रयास हुन् । मानिसमा संक्रमण फैलिन नपाउने र नमर्ने कुरा पनि उपलब्धि हुन् ।’

पहिलो स्वाब परीक्षणका लागि हङकङ पठाइएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले अहिले विभिन्न २१ ठाउँमा स्वाब परीक्षण भइरहेको जानकारी दिए । उनले केही ठाउँमा व्यवस्थापनमा गम्भीर कमजोरी भएको बताए । उनले भने, ‘व्यस्थापनमा गम्भीर कमजोरी भएका छन् । एउटा मेसीन एकातिर, त्यसको पाटपुर्जा अर्कोतिर पनि भएको छ । ती दुईलाई जोड्न समय लागेको छ । यस्ता कमजोरी छन् ।’

बाँध फुटेजस्तैगरी कोरोना आएको भन्दै प्रधानमन्त्री ओलीले मापदण्डका आधारमा क्वारेन्टाइन व्यवस्थापन गर्न सम्भव नभएको बताएका छन् ।

कोरोना संक्रमण साउनमा पिकमा पुग्ने र कम हुँदै गएर कात्तिकमा समाप्त हुनसक्नेगरी अगाडि बढेको अनुमान गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ । उनले भने, ‘विश्व बैंकको अनुमान अनुसार साउनको अन्तिमतिर पिकमा पुग्ने र कम हुँदै गएर कात्तिकमा समाप्त हुन सक्छ । त्यस्तो नहुँन पनि सक्छ ।’नागरिक खबर

ताजा खबर

डिग्री होल्डर बृजकिशोर चन्द निर्माण व्यवसायी संघ कञ्चनपुर सचिवको दौडमा

कञ्चनपुर, भदौँ १८ कञ्चनपुर महेन्द्रनगरका युवा बृज किशोर चन्द स्नाकोत्तर...

ईन्जिनियर महरा निर्माण व्यवसायी संघ कञ्चनपुर सहकोषाध्यक्षको चुनावी मैदानमा

कञ्चनपुर , १८ भदौँ । आउँदो शनिबार २१ भदौँमा निर्माण...

युवा निर्माण व्यवसायी कार्की संघको सहकोषाध्यक्षको दौडमा

कञ्चनपुर, १७ भदौं । कञ्चनपुरका युवा निर्माण व्यवसायी चित्र बहादुर...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?