कोरोना भाइरस कात्तिकमा समाप्त हुनसक्छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको नीतिले नेपालमा कोरोना भाइरसको संक्रमण फैलिन नपाएको दावी गरेका छन् । प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लकडाउनको नीतिले क्षति कम गरेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘समयमै लकडाउनको नीति अवलम्वन गर्यौँ । मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, साबुन पानीले हात धुने, राम्रो खाने कुरा सरकारले गरेका प्रयास हुन् । मानिसमा संक्रमण फैलिन नपाउने र नमर्ने कुरा पनि उपलब्धि हुन् ।’

पहिलो स्वाब परीक्षणका लागि हङकङ पठाइएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले अहिले विभिन्न २१ ठाउँमा स्वाब परीक्षण भइरहेको जानकारी दिए । उनले केही ठाउँमा व्यवस्थापनमा गम्भीर कमजोरी भएको बताए । उनले भने, ‘व्यस्थापनमा गम्भीर कमजोरी भएका छन् । एउटा मेसीन एकातिर, त्यसको पाटपुर्जा अर्कोतिर पनि भएको छ । ती दुईलाई जोड्न समय लागेको छ । यस्ता कमजोरी छन् ।’

बाँध फुटेजस्तैगरी कोरोना आएको भन्दै प्रधानमन्त्री ओलीले मापदण्डका आधारमा क्वारेन्टाइन व्यवस्थापन गर्न सम्भव नभएको बताएका छन् ।

कोरोना संक्रमण साउनमा पिकमा पुग्ने र कम हुँदै गएर कात्तिकमा समाप्त हुनसक्नेगरी अगाडि बढेको अनुमान गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ । उनले भने, ‘विश्व बैंकको अनुमान अनुसार साउनको अन्तिमतिर पिकमा पुग्ने र कम हुँदै गएर कात्तिकमा समाप्त हुन सक्छ । त्यस्तो नहुँन पनि सक्छ ।’नागरिक खबर

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?