कञ्चनपुरमा पिसिआर नेगेटिभ भन्दै घर पठाएका व्यक्तिको रिपोर्ट पोजेटिभ, फेरि अस्पताल फिर्ता

महेन्द्रनगर । पिसिआर रिपोर्ट नेगेटिभ भन्दै हिजो घर फिर्ता पठाएका कञ्चनपुरको पुनर्वास नगरपालिकाका एक युवकलाई आज कोरोना पोजेटिभ भन्दै आइसोलेसनमा भर्ना गरिएको छ ।

सोमबार नगरपालिकाले पिसिआर नेगेटिभ आएको भन्दै घर फिर्ता गरेको थियो । संक्रमितलाई मंगलबार बिहान फेरि घरबाट बोलाएर सेती अस्पतालको आइसोलेसनमा राखिएको छ ।

मोतीबस्ती का ३२ वर्षीय ती कोरोना संक्रमितका दाइले आफ्नो भाइलाई आज अस्पताल लगिएको बताए ।

‘हिजो नगरपालिकाले फोन गरेको तपाईको भाईको पिसिआर रिर्पोट नेगेटिभ आएको छ भनेर घर लैजान भन्यो’ उनले भने ‘आज फेरि तपाईँको रिर्पोट पोजेटिभ रहेछ भन्दैँ एम्बुलेन्समा लिएर गए ।’

संक्रमितका दाजुले आफ्नो परिवारका सदस्यको पिसिआर परीक्षण गर्न माग गरेका छन् । नगरपालिकाकी उपप्रमुख शारदा विष्ट शर्माले हिजो प्राविधिक कारणले गल्ती भएको बताइन् ।

ताजा खबर

शिक्षामन्त्रीसँग इयू आबद्ध मुलुकका राजदूतहरुको शिष्टाचार भेटवार्ता

काठमाडौँ, ११ जेठ  माननीय शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग...

मन्त्रिपरिषद् बैठक: क्यानको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

काठमाडौँ, ११ जेठ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)...

शिक्षामन्त्री पोखरेल र बेलायती मन्त्री मल्होत्राबीच शिष्टाचार भेटवार्त

काठमाडौं, ८ जेठ  शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र...

लिटिल बुद्ध एकेडेमीद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान, दुई जनाले ल्याए फोर जीपीए‘, ए प्लसु सुदूरपश्चिममै बढी

कञ्चनपुर ०९ जेठ कञ्चनपुरको महेन्द्रनगरस्थित अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध...

दिगो गाईभैसी पालनसम्बन्धी एकदिने शिविर तथा पशु औषधि वितरण कार्यक्रम सम्पन्न

कञ्चनपुर, ९ जेठ खप्तड कृषि सहकारी संस्थाले भेटेरिनरी तथा पशु...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?