अछामः जागिर गएपछि आफैंलाई पेट्रोल छर्केर आगो लगाएका अस्पतालका कर्मचारी आउजीको मृत्यु

महेन्द्रनगर । अछाममा जागिर गाएपछि आफैँलाई पेट्रोल छर्केर आगो लाएर गम्भिर घाइते भएका जिल्लाको बयालपाटा अस्पतालका कर्मचारी सिदार्थ आउजीको मृत्यु भएको छ ।

सोमवार विहान जागिरबाट हटाएको झोकमा आफैमाथी पेट्रोल छर्केर आगो लगाउदा गम्भिर गाइते भएका आउजीको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय अछामका सहायक प्रमुख जिल्ला अधिकारी नन्द किशोर यादवले बताए ।

पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका आउजीको शरीरमा लागेको आगो अन्य कर्मचारीले निभाएका थिए । आगोमा परेर गम्भीर भएका उनलाई प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टर मार्फत नेपालगञ्ज रेफर गरिएको थियो । आउजी अस्पतालमा सफाइ कर्मचारीको रुपमा काम गर्दै आएका थिए ।

डेढ वर्षदेखि कार्यरत आउजीसहित ३३ जनाको अस्पतालले करार रद्द गरेको थियो । बयालपाटा अस्पतालका सिनियर पिपुल अप्रेसन अफिसर नवराज जोशीले एक वर्षको करार रहेको र करार सकिएकाले नविकरण नगरिएको बताए । उनले आर्थिक अभावले ३३ जनाको करार नथपिएको बताए ।

ताजा खबर

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ ३० वैशाख  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?