अछामः जागिर गएपछि आफैंलाई पेट्रोल छर्केर आगो लगाएका अस्पतालका कर्मचारी आउजीको मृत्यु

महेन्द्रनगर । अछाममा जागिर गाएपछि आफैँलाई पेट्रोल छर्केर आगो लाएर गम्भिर घाइते भएका जिल्लाको बयालपाटा अस्पतालका कर्मचारी सिदार्थ आउजीको मृत्यु भएको छ ।

सोमवार विहान जागिरबाट हटाएको झोकमा आफैमाथी पेट्रोल छर्केर आगो लगाउदा गम्भिर गाइते भएका आउजीको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय अछामका सहायक प्रमुख जिल्ला अधिकारी नन्द किशोर यादवले बताए ।

पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका आउजीको शरीरमा लागेको आगो अन्य कर्मचारीले निभाएका थिए । आगोमा परेर गम्भीर भएका उनलाई प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टर मार्फत नेपालगञ्ज रेफर गरिएको थियो । आउजी अस्पतालमा सफाइ कर्मचारीको रुपमा काम गर्दै आएका थिए ।

डेढ वर्षदेखि कार्यरत आउजीसहित ३३ जनाको अस्पतालले करार रद्द गरेको थियो । बयालपाटा अस्पतालका सिनियर पिपुल अप्रेसन अफिसर नवराज जोशीले एक वर्षको करार रहेको र करार सकिएकाले नविकरण नगरिएको बताए । उनले आर्थिक अभावले ३३ जनाको करार नथपिएको बताए ।

ताजा खबर

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी भारत प्रस्थान

कञ्चनपुर, ६ कार्तिक भारतको नोएडामा आयोजना हुने दोस्रो ओकिनावा...

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?