नाकामा रोकिएन घर फर्कनेको भिड, गड्डाचौकी नाकाबाट १४ दिनमा २५ हजार बढी भित्रिए

महेन्द्रनगर । नेपालको पश्चिमी नाका गड्डाचौकी हुदैँ भारतबाट दिनहुँ सयौँ नेपाली स्वदेश फर्किरहेका छन् ।

कोरोना भाइरस महामारीका कारण भारतमा रोजगारी गुमाएकाहरूको यो लर्को १४ दिनदेखि जारी छ ।

करिब दुई महिनासम्म बन्द यो नाका भारतमा अलपत्र परेका नेपाली नागरीकको उद्धारका लागी खुला गरिएपछि भारतबाट फर्कनेको भिड लाग्न थालेको हो ।

आज सोमबार विहान ४ घण्टामा मात्र ५ सय ७३ जना नेपाल प्रवेश गरेका छन् भने १ सय २७ जना मात्र भारत तर्फ पठाइएको छ ।

नाका खुला गरीएको जेठ १२ गतेयता मात्रै गड्डाचौकी नाका भएर २५ हजार ३ सय ४० जना भित्रिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

गड्डाचौकी नाका भएर १४ दिनमा २५ हजार ३ सय ४० जना भित्रिए र ३ हजार १ सय १८ जनालाई नेपालबाट भारत पठाइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रशाद उपाध्यायले बताए ।

सामान्य स्वास्थ्य परीक्षण गरी गन्तव्यमा पठाइदैँ,संक्रमणको जोखिम बढ्यो

भारतबाट फर्कनेहरूको सीमानाकामा सामान्य स्वास्थ्य चेकजाँच मात्र गरी उनिहरुलाई गन्तव्यमा पठाउने गरीएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।

स्थानीय तह र प्रदेश सरकारले व्यवस्थापन गरेका गाडीबाट नाकाबाटै उनीहरूलाई गन्तव्यमा पठाउने गरिएको छ ।

भारतबाट फर्केकाहरूको सामान्य स्वास्थ्य जाँचको भरमा सीधै गाउँ जाँदा कोरोना संक्रमण फैलने जोखिम पनि बढेको छ ।

प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले उनीहरूलाई क्वारेन्टाइनमा सुरक्षित व्यवस्थापन गर्न नसके सुदूरपश्चिममा कोरोनाको महामारीले भयावह रूप लिन सक्ने चेतावनी दिए ।फाइल फोटो

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?