एउटा खरबुजाका लागि भएको युद्ध, जहाँ मारिए हजारौँ सैनिक

काठमाडौं । विश्वका इतिहासमा कैयन् हिंश्रक तथा भयानक युद्धहरु भएका छन् । लाखौँ मानिसको ज्यान लिने त्यस्ता युद्धमध्ये कतिपय युद्ध निकै अनौठो कारणले सुरु भएका छन् ।

भारतमा आजभन्दा करिब ३ सय ७५ वर्ष पहिले एउटा यस्तै अनौठो कारणले भयानक युद्ध भएको थियो । उक्त हिंश्रक युद्ध केवल एउटा खरबुजाका लागि भएको थियो । उक्त युद्धमा हजारौँ सैनिकले ज्यान गुमाए ।

सायद यो नै विश्वको एकमात्र त्यस्तो युद्ध होला जुन केवल एउटा फलफूलका कारण भएको थियो । उक्त युद्धलाई ‘खरबुजा युद्ध’को नामले चिनिन्छ ।

सन् १६४४ मा अहिलेको भारतमा पर्ने बिकानेर राज्य र नागौर राज्यबीच एउटा खरबुजाका लागि हिंसात्मक युद्ध भयो । सो युद्धलाई राजस्थानी भाषामा ‘मतिराको राड’ भनिन्छ । स्थानीय भाषामा खरबुजालाई ‘मतिरा’ र युद्धलाई ‘राड’ भनिन्छ ।

बिकानेर राज्यको सिलवा गाउँ र नागौर राज्यको जाखणिया गाउँको सिमाना जोडिएको थियो ।

एउटा खरबुजाको बोट बिकानेर राज्यको गाउँमा उम्रियो र त्यसको लहरा नागौर राज्यको गाउँमा समेत फैलियो । नागौर पुगेको उक्त लहरामा एउटा खरबुजाको फल लाग्यो ।

सोही फलको स्वामित्व कसको हुने रु भन्ने विषयमा दुई राज्यका गाउँबीच विवाद भयो । एउटाले खरबुजाको रुखको जरा आफ्नो राज्यमा भएकाले फलमाथि आफ्नो दाबी हुने जिकिर गर्यो भने अर्कोले आफ्नो सिमानाभित्र फलेको फल हुनाले त्यो फल आफ्नो भएको दाबी गर्यो ।

विवाद यति चर्कियो कि दुई राज्यबीच युद्ध नै सुरु भयो । उक्त युद्धमा नागौरको सेनाको नेतृत्व सिंघवी सुखमलले गरेका थिए भने बिकानेर राज्यको सेनाको नेतृत्व रामचन्द्र मुखियाले गरेको इतिहास छ ।

त्यस समय बिकानेर राज्यका शासक राजा करणसिंह थिए । उनी मुगलहरुका लागि दक्षिण क्षेत्रको अभियानमा सामेल भएका थिए । जबकि नागौरका शासक राव अम्बरसिंह थिए ।

सो युद्धमा नागौर राज्यको हार भएको थियो । युद्धमा हजारौँ सैनिकको मृत्यु भएको थियो ।

अन्ततः बिकानेरको सेनाले खरबुजामाथि आफ्नो राज्यको स्वामित्व कायम गर्न सफल भएको थियो ।

– एजेन्सी/अनलाइनखबर

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?