एउटा खरबुजाका लागि भएको युद्ध, जहाँ मारिए हजारौँ सैनिक

काठमाडौं । विश्वका इतिहासमा कैयन् हिंश्रक तथा भयानक युद्धहरु भएका छन् । लाखौँ मानिसको ज्यान लिने त्यस्ता युद्धमध्ये कतिपय युद्ध निकै अनौठो कारणले सुरु भएका छन् ।

भारतमा आजभन्दा करिब ३ सय ७५ वर्ष पहिले एउटा यस्तै अनौठो कारणले भयानक युद्ध भएको थियो । उक्त हिंश्रक युद्ध केवल एउटा खरबुजाका लागि भएको थियो । उक्त युद्धमा हजारौँ सैनिकले ज्यान गुमाए ।

सायद यो नै विश्वको एकमात्र त्यस्तो युद्ध होला जुन केवल एउटा फलफूलका कारण भएको थियो । उक्त युद्धलाई ‘खरबुजा युद्ध’को नामले चिनिन्छ ।

सन् १६४४ मा अहिलेको भारतमा पर्ने बिकानेर राज्य र नागौर राज्यबीच एउटा खरबुजाका लागि हिंसात्मक युद्ध भयो । सो युद्धलाई राजस्थानी भाषामा ‘मतिराको राड’ भनिन्छ । स्थानीय भाषामा खरबुजालाई ‘मतिरा’ र युद्धलाई ‘राड’ भनिन्छ ।

बिकानेर राज्यको सिलवा गाउँ र नागौर राज्यको जाखणिया गाउँको सिमाना जोडिएको थियो ।

एउटा खरबुजाको बोट बिकानेर राज्यको गाउँमा उम्रियो र त्यसको लहरा नागौर राज्यको गाउँमा समेत फैलियो । नागौर पुगेको उक्त लहरामा एउटा खरबुजाको फल लाग्यो ।

सोही फलको स्वामित्व कसको हुने रु भन्ने विषयमा दुई राज्यका गाउँबीच विवाद भयो । एउटाले खरबुजाको रुखको जरा आफ्नो राज्यमा भएकाले फलमाथि आफ्नो दाबी हुने जिकिर गर्यो भने अर्कोले आफ्नो सिमानाभित्र फलेको फल हुनाले त्यो फल आफ्नो भएको दाबी गर्यो ।

विवाद यति चर्कियो कि दुई राज्यबीच युद्ध नै सुरु भयो । उक्त युद्धमा नागौरको सेनाको नेतृत्व सिंघवी सुखमलले गरेका थिए भने बिकानेर राज्यको सेनाको नेतृत्व रामचन्द्र मुखियाले गरेको इतिहास छ ।

त्यस समय बिकानेर राज्यका शासक राजा करणसिंह थिए । उनी मुगलहरुका लागि दक्षिण क्षेत्रको अभियानमा सामेल भएका थिए । जबकि नागौरका शासक राव अम्बरसिंह थिए ।

सो युद्धमा नागौर राज्यको हार भएको थियो । युद्धमा हजारौँ सैनिकको मृत्यु भएको थियो ।

अन्ततः बिकानेरको सेनाले खरबुजामाथि आफ्नो राज्यको स्वामित्व कायम गर्न सफल भएको थियो ।

– एजेन्सी/अनलाइनखबर

ताजा खबर

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

गुगुल्डि वाङमणी प्रतिष्ठानद्धारा पत्रकार केसीलाई सम्मान

धन सिह धामी,२५ असार । कञ्चनपुरका युवा पत्रकार भाष्कर केसीलाई...

एमालेका मेयर धामीका छोरा र कृषि शाखा प्रमुखले जिउँदै मान्छे मरेको भन्दै फर्जी कागजात बनाए

उपेश सिंह धामी कञ्चनपुर, असार २५ भ्रष्टाचार गर्न मान्छे कतिसम्म गर्दा...

खुला भलिबल प्रतियोगिता शुरु

 सञ्जय महर, असार २५ कञ्चनपुरको महेन्द्रनगरमा खुला पुरुष भलिबल...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?