कोरोनाका कारण बलिउड संगीतकार वाजिद खानको मृत्यु

एजेन्सी

चर्चित बलिउड संगीतकार, निर्देशक तथा गायक वाजिद खानको निधन भएको छ । ४२ वर्षको उमेरमा सोमबार बिहान उनको निधन भएको इण्डिया टुडेले जनाएको छ ।

संगीतकार समिल मर्चेन्टले वाजिदको मृत्यु भएको पुष्टि गरेका हुन् । स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि वाजिद केही दिन अगाडि मुम्बईको चेम्बुरस्थित सुराना अस्पताल भर्ना भएका थिए ।

‘उहाँलाई धेरैवटा समस्या थियो । किड्नीको समस्या थियो, केही महिना अगाडिमात्र त्यसको प्रत्यारोपण भएको थियो । हालैमात्र उहाँले मृगौलामा संक्रमण भएको थाहा पाउनुभएको थियो । अवस्था बिग्रदैं गएपछि विगत ४ दिनदेखि भेन्टिलेटरमा हुनुहुन्थ्यो। संक्रमण सुरू भएको मात्र थियो तर अवस्था बिग्रदैं गयो’ सलिमले भने ।

केही दिन अगाडि उनमा कोरोना पोजेटिभ पनि पुष्टि भएको थियो । वाजितको निधनमा संगीतकर्मी र बलिउडकर्मीहरूले शोक व्यक्त गरेका छन्।

ताजा खबर

‘मानसखण्ड लोकसंस्कृति सम्मेलन तथा लिटिल बुद्ध अन्तर्राष्ट्रिय काव्यगोष्ठी

सञ्जय महर, मंसिर २० कञ्चनपुरको महेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन भएको...

मोतिलाल डगौराकोे काँधमा आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने जिम्मेबारी

कञ्चनपुर, मंसिर २० आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने मोतिलाल डगौराको...

हार्डवेयर व्यवसायी संघ कञ्चनपुरको १२औँ अधिवेशन ः अध्यक्षमा मिश्र र महासविचमा भट्ट

धन सिंह धामी कञ्चनपुर, २०मंसिर हार्डवेयर तथा निर्माण समाग्री व्यवसायी संघ...

सिद्धनाथ मन्दिर विकास समितिको १९औँ बार्षिक साधारण सभा ः धार्मिक पर्यटनमा जोड

धन सिह धामी कञ्चनपुर, मंसिर २० कञ्चनपुरको सिद्धनाथ मन्दिर विकास...

कञ्चनपुरमा बेथिति नियन्त्रणकोे माग अघि सार्दै अखिल समाजवादीको प्रशासनलाई ज्ञापन 

धन सिह धामी, मंसिर १९ कञ्चनपुरमा भईरहेको बेथिति नियन्त्रणको माग...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?