कोरोनाका कारण बलिउड संगीतकार वाजिद खानको मृत्यु

एजेन्सी

चर्चित बलिउड संगीतकार, निर्देशक तथा गायक वाजिद खानको निधन भएको छ । ४२ वर्षको उमेरमा सोमबार बिहान उनको निधन भएको इण्डिया टुडेले जनाएको छ ।

संगीतकार समिल मर्चेन्टले वाजिदको मृत्यु भएको पुष्टि गरेका हुन् । स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि वाजिद केही दिन अगाडि मुम्बईको चेम्बुरस्थित सुराना अस्पताल भर्ना भएका थिए ।

‘उहाँलाई धेरैवटा समस्या थियो । किड्नीको समस्या थियो, केही महिना अगाडिमात्र त्यसको प्रत्यारोपण भएको थियो । हालैमात्र उहाँले मृगौलामा संक्रमण भएको थाहा पाउनुभएको थियो । अवस्था बिग्रदैं गएपछि विगत ४ दिनदेखि भेन्टिलेटरमा हुनुहुन्थ्यो। संक्रमण सुरू भएको मात्र थियो तर अवस्था बिग्रदैं गयो’ सलिमले भने ।

केही दिन अगाडि उनमा कोरोना पोजेटिभ पनि पुष्टि भएको थियो । वाजितको निधनमा संगीतकर्मी र बलिउडकर्मीहरूले शोक व्यक्त गरेका छन्।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?