ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा स्टाप नर्सको मृत्यु

जनकपुरधाम– धनुषाको पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट स्टाफ नर्सको मृत्यु भएको छ। धनुषाको पुष्पवलपुरमा पूर्वबाट पश्चिम तर्फ गइरहेको ट्रकको ठक्करबाट स्टाफ नर्सको मृत्यु भएको छ।

मिथिला नगरपालिका ४ पुष्पवलपुरस्थित स्वास्थ्य चौकीमा कार्यरत २२ वर्षीया चन्द्ररेखा यादवको ट्रकको ठक्करबाट मृत्यु भएको हो। उनको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए।

बिहीबार दिउँसो करिब ४ बजेतिर पूर्वबाट पश्चिमतर्फ आइरहेको को १ ख २६२७ नम्बरको मालबाहक ट्रकले मृतक सवार रहेको बा ५२ प ८६४८ नम्बरको मोटरसाइकललाई पुष्पवलपुर चौकमा ठक्कर दिएको थियो।

ठक्करबाट जनकपुर उप(महानगरपालिका १० जमुनिया बस्ने २० वर्षीय मोटरसाइकल चाकल सिद्धार्थ यादव, मृतक चन्द्ररेखाकी ४ वर्षीया छोरी माही यादव, नाम नखुलेको २ वर्षीया छोरा घाइते भएका छन्। उनीहरुको उपचार प्रादेशिक अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। ठक्कर दिने ट्रक चालक तथा सहचालकलाई प्रहरीले नियन्त्रणा लिएर अनुसन्धान अगाडि बढाएको छ।अन्नपुर्ण

फाइल फोटो

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?