ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा स्टाप नर्सको मृत्यु

जनकपुरधाम– धनुषाको पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट स्टाफ नर्सको मृत्यु भएको छ। धनुषाको पुष्पवलपुरमा पूर्वबाट पश्चिम तर्फ गइरहेको ट्रकको ठक्करबाट स्टाफ नर्सको मृत्यु भएको छ।

मिथिला नगरपालिका ४ पुष्पवलपुरस्थित स्वास्थ्य चौकीमा कार्यरत २२ वर्षीया चन्द्ररेखा यादवको ट्रकको ठक्करबाट मृत्यु भएको हो। उनको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए।

बिहीबार दिउँसो करिब ४ बजेतिर पूर्वबाट पश्चिमतर्फ आइरहेको को १ ख २६२७ नम्बरको मालबाहक ट्रकले मृतक सवार रहेको बा ५२ प ८६४८ नम्बरको मोटरसाइकललाई पुष्पवलपुर चौकमा ठक्कर दिएको थियो।

ठक्करबाट जनकपुर उप(महानगरपालिका १० जमुनिया बस्ने २० वर्षीय मोटरसाइकल चाकल सिद्धार्थ यादव, मृतक चन्द्ररेखाकी ४ वर्षीया छोरी माही यादव, नाम नखुलेको २ वर्षीया छोरा घाइते भएका छन्। उनीहरुको उपचार प्रादेशिक अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। ठक्कर दिने ट्रक चालक तथा सहचालकलाई प्रहरीले नियन्त्रणा लिएर अनुसन्धान अगाडि बढाएको छ।अन्नपुर्ण

फाइल फोटो

ताजा खबर

ब्राईट लाईफ एजुगेशन प्रालि र जिआरडीको सयुक्त आयोजनामा प्राविधिक शिक्षा बारे अभिमुखिकरण

कञ्चनपुर, ६ जेठ । कञ्चनपुरको महेन्द्रनगरमा प्राविधिक शिक्षा बारे सरोकारवालालाई...

शुक्लाफाँटा नगरका मेयर महराको तीन बर्षे कार्यकालका उपलब्धी सार्वजनिक

कञ्चनपुर, ५ जेठ । कञ्चनपुरको एक स्थानीय सरकारले तीन बर्षे...

महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालन 

कञ्चनपुर, जेठ २  कञ्चनपुरकोे महेन्द्रनगरमा सुविधा सम्पन्न एक मण्टेश्वरी विद्यालय...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर, ३१ वैसाख कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?