कञ्चनपुरकी कोरोना संक्रमित महिलाको सम्पर्कमा आएका ३० जनाको स्वाब संकलन गरी धनगढी पठाइयो

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–१० सिसैया हरपालकी ३३ वर्षीया कोरोना संक्रमित महिलाको सम्पर्कमा आएका  ३० जनाको स्वाब संकलन गरी परिक्षणका लागी कैलालीको सेती प्रादेशिक अस्पतालमा पठाइएको छ ।

कञ्चनपुरबाट काठमाडौँ गएकी ती महिलामा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य कार्यालय कञ्चनपुरले उनको सम्पर्कमा रहेका व्यक्तिको खोजी कार्य (कन्ट्याक्ट ट्रेसिङ) सुरु गरेको थियो ।

कन्ट्याक्ट ट्रेसिङका आधारमा ती संक्रमित महिलाको सम्पर्कमा आएका ३० जनाको स्वाब संकलन गरी धनगढी पठाइएको हो ।

कोरोना संक्रमित महिलाको सम्पर्कमा आएका कञ्चनपुरको बेदकोट नगरपालीकाका स्थानिय ३० जनाको स्वाब संकलन गरी परिक्षणका लागी सेती प्रादेशिक अस्पताल पठाइएको बेदकोट नगरपालीकाका नगर प्रमुख अशोक कुमार चन्दले बताए ।

उनले भने ‘हरपाल बस्तिमा थप परिक्षणको दायरा बढाउनु पर्छ, परिक्षण दायरा बढाउन हामीले सम्बन्धित निकाय संग थप किट माग गरेका छौँ ।’

संक्रमित महिलाले कञ्चनपुरमा झण्डै दुई महिना बिताएकी थिइन् ।

स्वास्थ्य कार्यालय कञ्चनपुरले निकालेको संक्रमित महिलाको ‘ट्राभल हिस्ट्री’ अनुसार उनी चैत ६ गते कान्छो देवरको ब्रतबन्ध कार्यका लागि काठमाडौँबाट बसमा कञ्चनपुर बेदकोट नगरपालिका–१० हरपाल, सिसैयास्थित घरमा आएकी थिइन् ।

बसमा उनकै देवर, १४ वर्षीया छोरी र ९ वर्षका छोरा समेत काठमाडौँबाट कञ्चनपुर आएका थिए । उनी चढेको बसमा कति मानिस थिए भन्ने अझै खुलेको छैन् ।

सशस्त्र प्रहरीबाट अवकास प्राप्त ती महिलामा देखिएको कोरोना संक्रमणको स्रोत पनि पत्ता नलागेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

ब्रतबन्धका लागि पुख्र्यौली घर डडेल्धुराको भागेश्वर गाउँपालिकामा पर्ने लामकाँडा जाने तयारीमा रहेकै बेला लकडाउन भए पछि उनिहरु बेदकोट नगरपालिकास्थित घरमै रोकिएका थिए ।

कञ्चनपुर पुगेका उनिहरु झण्डै ५२ दिन पछि काठमाडौँ फर्किए । मेडिकल टिम लिएर काठमाडौँबाट धनगढी आएको सशस्त्र प्रहरीको भ्यानमा उनिहरु काठमाडौँ फर्किएको खुलेको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोरोना फोकल पर्सन सिद्धराज भट्टले बताए ।

संक्रमित महिलाका श्रीमान काठमाडौँस्थित सशस्त्र प्रहरीको बलम्बु अस्पतालको ल्याबमा कार्यरत छन् । संक्रमित महिलाले कैलालीको अत्तरिया पुग्न अटो प्रयोग गरेका छन् ।

वैशाख २८ गते बेलुका अटोमा दुई बच्चा (१४ बर्षीया छोरी, नौ बर्षीय छोरा) लाई लिएर कैलालीको अत्तरिया पुगिन् । कोराना संक्रमित महिलालाई कैलालीको अतरियासम्म ओसार्ने अटो चालक उनकै गाउँकै हुन । उनको मासु पसल समेत रहेको बुझिएको छ ।

मेडिकल टिम लिएर धनगढी आएको सशस्त्र प्रहरीको भ्यानमा संक्रमित महिला, उनका छोरा छोरी र अन्य ५ जना (फर्केको भ्यानमा रहेका) गरी आठ जना त्यो राती कोहलपुरमा बास बसेका थिए ।

त्यसपछि बैशाख २९ गते बिहानै उनिहरु काठमाडौंका लागि त्यहाँबाट हिडेका थिए । बाहिर जिल्लाबाट आउनेहरु रुटिन जाँच अन्तरगत काठमाडौंमा सशस्त्र प्रहरीको क्याम्पमा सो भ्यानमा रहेका सबैको स्वास्थ्य जाँच गरिएको थियो ।

उनीहरुमध्ये ती महिलामा मात्रै मंगलवार बेलुका कोरोना पोजेटिभ देखिएको थियो । पुख्र्यौली घर डडेल्धुरा भएका उनीहरु पछिल्लो समय कञ्चनपुर सरेका थिए ।

तर हाल काठमाडौँको चन्द्रागिरी नगरपालिका– ९ मा बस्दै आएका छन् । बेदकोट नगरपालिका–१० हरपाल गाउँमा उनको परिवारमा हाल पाँच सदस्य रहेका छन् ।

ताजा खबर

‘मानसखण्ड लोकसंस्कृति सम्मेलन तथा लिटिल बुद्ध अन्तर्राष्ट्रिय काव्यगोष्ठी

सञ्जय महर, मंसिर २० कञ्चनपुरको महेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन भएको...

मोतिलाल डगौराकोे काँधमा आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने जिम्मेबारी

कञ्चनपुर, मंसिर २० आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने मोतिलाल डगौराको...

हार्डवेयर व्यवसायी संघ कञ्चनपुरको १२औँ अधिवेशन ः अध्यक्षमा मिश्र र महासविचमा भट्ट

धन सिंह धामी कञ्चनपुर, २०मंसिर हार्डवेयर तथा निर्माण समाग्री व्यवसायी संघ...

सिद्धनाथ मन्दिर विकास समितिको १९औँ बार्षिक साधारण सभा ः धार्मिक पर्यटनमा जोड

धन सिह धामी कञ्चनपुर, मंसिर २० कञ्चनपुरको सिद्धनाथ मन्दिर विकास...

कञ्चनपुरमा बेथिति नियन्त्रणकोे माग अघि सार्दै अखिल समाजवादीको प्रशासनलाई ज्ञापन 

धन सिह धामी, मंसिर १९ कञ्चनपुरमा भईरहेको बेथिति नियन्त्रणको माग...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?