कञ्चनपुरकी कोरोना संक्रमित महिलाको सम्पर्कमा आएका ३० जनाको स्वाब संकलन गरी धनगढी पठाइयो

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–१० सिसैया हरपालकी ३३ वर्षीया कोरोना संक्रमित महिलाको सम्पर्कमा आएका  ३० जनाको स्वाब संकलन गरी परिक्षणका लागी कैलालीको सेती प्रादेशिक अस्पतालमा पठाइएको छ ।

कञ्चनपुरबाट काठमाडौँ गएकी ती महिलामा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य कार्यालय कञ्चनपुरले उनको सम्पर्कमा रहेका व्यक्तिको खोजी कार्य (कन्ट्याक्ट ट्रेसिङ) सुरु गरेको थियो ।

कन्ट्याक्ट ट्रेसिङका आधारमा ती संक्रमित महिलाको सम्पर्कमा आएका ३० जनाको स्वाब संकलन गरी धनगढी पठाइएको हो ।

कोरोना संक्रमित महिलाको सम्पर्कमा आएका कञ्चनपुरको बेदकोट नगरपालीकाका स्थानिय ३० जनाको स्वाब संकलन गरी परिक्षणका लागी सेती प्रादेशिक अस्पताल पठाइएको बेदकोट नगरपालीकाका नगर प्रमुख अशोक कुमार चन्दले बताए ।

उनले भने ‘हरपाल बस्तिमा थप परिक्षणको दायरा बढाउनु पर्छ, परिक्षण दायरा बढाउन हामीले सम्बन्धित निकाय संग थप किट माग गरेका छौँ ।’

संक्रमित महिलाले कञ्चनपुरमा झण्डै दुई महिना बिताएकी थिइन् ।

स्वास्थ्य कार्यालय कञ्चनपुरले निकालेको संक्रमित महिलाको ‘ट्राभल हिस्ट्री’ अनुसार उनी चैत ६ गते कान्छो देवरको ब्रतबन्ध कार्यका लागि काठमाडौँबाट बसमा कञ्चनपुर बेदकोट नगरपालिका–१० हरपाल, सिसैयास्थित घरमा आएकी थिइन् ।

बसमा उनकै देवर, १४ वर्षीया छोरी र ९ वर्षका छोरा समेत काठमाडौँबाट कञ्चनपुर आएका थिए । उनी चढेको बसमा कति मानिस थिए भन्ने अझै खुलेको छैन् ।

सशस्त्र प्रहरीबाट अवकास प्राप्त ती महिलामा देखिएको कोरोना संक्रमणको स्रोत पनि पत्ता नलागेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

ब्रतबन्धका लागि पुख्र्यौली घर डडेल्धुराको भागेश्वर गाउँपालिकामा पर्ने लामकाँडा जाने तयारीमा रहेकै बेला लकडाउन भए पछि उनिहरु बेदकोट नगरपालिकास्थित घरमै रोकिएका थिए ।

कञ्चनपुर पुगेका उनिहरु झण्डै ५२ दिन पछि काठमाडौँ फर्किए । मेडिकल टिम लिएर काठमाडौँबाट धनगढी आएको सशस्त्र प्रहरीको भ्यानमा उनिहरु काठमाडौँ फर्किएको खुलेको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोरोना फोकल पर्सन सिद्धराज भट्टले बताए ।

संक्रमित महिलाका श्रीमान काठमाडौँस्थित सशस्त्र प्रहरीको बलम्बु अस्पतालको ल्याबमा कार्यरत छन् । संक्रमित महिलाले कैलालीको अत्तरिया पुग्न अटो प्रयोग गरेका छन् ।

वैशाख २८ गते बेलुका अटोमा दुई बच्चा (१४ बर्षीया छोरी, नौ बर्षीय छोरा) लाई लिएर कैलालीको अत्तरिया पुगिन् । कोराना संक्रमित महिलालाई कैलालीको अतरियासम्म ओसार्ने अटो चालक उनकै गाउँकै हुन । उनको मासु पसल समेत रहेको बुझिएको छ ।

मेडिकल टिम लिएर धनगढी आएको सशस्त्र प्रहरीको भ्यानमा संक्रमित महिला, उनका छोरा छोरी र अन्य ५ जना (फर्केको भ्यानमा रहेका) गरी आठ जना त्यो राती कोहलपुरमा बास बसेका थिए ।

त्यसपछि बैशाख २९ गते बिहानै उनिहरु काठमाडौंका लागि त्यहाँबाट हिडेका थिए । बाहिर जिल्लाबाट आउनेहरु रुटिन जाँच अन्तरगत काठमाडौंमा सशस्त्र प्रहरीको क्याम्पमा सो भ्यानमा रहेका सबैको स्वास्थ्य जाँच गरिएको थियो ।

उनीहरुमध्ये ती महिलामा मात्रै मंगलवार बेलुका कोरोना पोजेटिभ देखिएको थियो । पुख्र्यौली घर डडेल्धुरा भएका उनीहरु पछिल्लो समय कञ्चनपुर सरेका थिए ।

तर हाल काठमाडौँको चन्द्रागिरी नगरपालिका– ९ मा बस्दै आएका छन् । बेदकोट नगरपालिका–१० हरपाल गाउँमा उनको परिवारमा हाल पाँच सदस्य रहेका छन् ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?