काठमाडौंकी कोरोना संक्रमित महिला तीन दिनअघि कञ्चनपुरको महेन्द्रनगरबाट गएकी थिइन्

महेन्द्रनगर । मंगलबार काठमाडौं चन्द्रागिरि–९ मच्छेगाउँमा भेटिएकी संक्रमित महिला वैशाख २९ गते कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं गएको पुष्टि भएको छ।

आएको भोलिपल्टै उनको स्वाब परीक्षण गरिएकोमा मंगलबार पोजेटिभ रिपोर्ट आएको हो ।

३३ वर्षीया ती महिला प्राइभेट गाडीमा महेन्द्रनगर बाट गएको बुझिएको छ ।

उनलाई मंगलबार राति नै टेकु अस्पतालमा लगिएको चन्द्रागिरि नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए ।

‘उनको सम्पर्कमा आएको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ,’ उनले भने।

यसअघि भक्तपुरमा भेटिएका दुईमध्ये एक जना महिला सुनसरीबाट तीन दिन अघि काठमाडौं आएको खुलेको थियो ।

हिजैमात्रै एकैचोटि ८३ जनामा कोरोना देखिएको थियो। तीमध्ये उपत्यकाका तीन जनामा कोरोना पुष्टि भएको हो ।

यसअघि मंगलबारमात्रै ८३ जनामा कोरोना देखिएको थियो । सेतोपाटी

ताजा खबर

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?