काठमाडौंकी कोरोना संक्रमित महिला तीन दिनअघि कञ्चनपुरको महेन्द्रनगरबाट गएकी थिइन्

महेन्द्रनगर । मंगलबार काठमाडौं चन्द्रागिरि–९ मच्छेगाउँमा भेटिएकी संक्रमित महिला वैशाख २९ गते कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं गएको पुष्टि भएको छ।

आएको भोलिपल्टै उनको स्वाब परीक्षण गरिएकोमा मंगलबार पोजेटिभ रिपोर्ट आएको हो ।

३३ वर्षीया ती महिला प्राइभेट गाडीमा महेन्द्रनगर बाट गएको बुझिएको छ ।

उनलाई मंगलबार राति नै टेकु अस्पतालमा लगिएको चन्द्रागिरि नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए ।

‘उनको सम्पर्कमा आएको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ,’ उनले भने।

यसअघि भक्तपुरमा भेटिएका दुईमध्ये एक जना महिला सुनसरीबाट तीन दिन अघि काठमाडौं आएको खुलेको थियो ।

हिजैमात्रै एकैचोटि ८३ जनामा कोरोना देखिएको थियो। तीमध्ये उपत्यकाका तीन जनामा कोरोना पुष्टि भएको हो ।

यसअघि मंगलबारमात्रै ८३ जनामा कोरोना देखिएको थियो । सेतोपाटी

ताजा खबर

मंगलबार झलारीमा शुक्लाफाँटा कृषि व्यापार मेला

कल्पना साउद, कार्तिक २४ मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि,...

भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग

आदित्य जोशी, कञ्चनपुर, कार्तिक २४ भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल...

सवारी दुर्घटना न्यूनिकरण गर्न भवानी कालिकाको प्रयास

धर्मराज कठायत कञ्चनपुर, कार्तिक २४ कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना...

ग्रामिण भेगका महिलाको अधिकारको मुद्दा उठानका लागि मियो बन्दै सामुदायिक सुरक्षा जालो

कल्पना साउद कञ्चनपुर, २३ कार्तिक कञ्चनपुरका ग्रामिण भेगका महिलाको...

लक्ष्मी मावि बागफाँटामा चार कोठे भवन

शुनिल राना कार्तिक २१ महेन्द्रनगर । शुनिल राना, कार्तिक २१...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?