भारतले लिपुलेकको सडक अहिल्यै खनेको होइन, बोल्दा ख्याल गरौँः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकमा भारतले अहिल्यै सडक नखनेको बताएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाली भूमि हुँदै भारतले अहिल्यै सडक नखनेकाले बोल्दा ध्यान दिनुपर्ने बताएका हुन् ।

‘लिपुलेक क्षेत्रमा भारतले अहिल्यै सडक खनेको होइन, यो सरकार आउनुभन्दा पहिलेबाटै त्यहाँ सडक खनिएको हो’, ओलीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘भारतले नेपाली भूमि अतिक्रमण गरेको विवाद आजको होइन, पहिलेबाटै चल्दै आएको छ।’

प्रधानमन्त्री ओलीले सीमा मिचिएकोबारेमा बोल्दा ध्यान दिनुपर्ने पनि बताएका छन् । ‘सीमाविवादबारेमा बोल्दा तथ्यपरक रुपमा प्रस्तुत हुनु जरुरी छ । प्रमाण नभइ बोल्न हुँदैन’, बैठकमा ओलीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने, ‘भारतसँग वार्ताको प्रयास भइरहेको छ । यसअघि पनि हामीले चिठी पठाएका छौँ ।

त्यसैले यसबारेमा बोल्दा सबैले सम्यमता अपनाउनु जरुरी छ ।’ बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले नेपाली भूमि मिचेर सडक नै बनाएको बारेमा ‘ब्रिफिङ’ गरेका थिए ।

उनले बैठकमा भारतीय राजदूतलाई बोलाएर सोधिएको उल्लेख गर्दै वार्ताका लागि नेपालको तर्फबाट सबै किसिमको प्रयास भइरहेको उल्लेख गरे ।थाहाखबर

ताजा खबर

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

निःशुल्क चिकित्सकीय प्रजनन स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २७, मंसिर स्वास्थ्य कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको प्राविधिक...

ब्रम्हदेबदेखि बहुमतको जनसंघर्ष अभियान शुरु

कञ्चनपुर, मसिर २८ कञ्चनपुरकोे उत्तरी सामरिक महत्व राख्ने ब्रम्हदेबदेखि...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?