भारतले लिपुलेकको सडक अहिल्यै खनेको होइन, बोल्दा ख्याल गरौँः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकमा भारतले अहिल्यै सडक नखनेको बताएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाली भूमि हुँदै भारतले अहिल्यै सडक नखनेकाले बोल्दा ध्यान दिनुपर्ने बताएका हुन् ।

‘लिपुलेक क्षेत्रमा भारतले अहिल्यै सडक खनेको होइन, यो सरकार आउनुभन्दा पहिलेबाटै त्यहाँ सडक खनिएको हो’, ओलीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘भारतले नेपाली भूमि अतिक्रमण गरेको विवाद आजको होइन, पहिलेबाटै चल्दै आएको छ।’

प्रधानमन्त्री ओलीले सीमा मिचिएकोबारेमा बोल्दा ध्यान दिनुपर्ने पनि बताएका छन् । ‘सीमाविवादबारेमा बोल्दा तथ्यपरक रुपमा प्रस्तुत हुनु जरुरी छ । प्रमाण नभइ बोल्न हुँदैन’, बैठकमा ओलीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने, ‘भारतसँग वार्ताको प्रयास भइरहेको छ । यसअघि पनि हामीले चिठी पठाएका छौँ ।

त्यसैले यसबारेमा बोल्दा सबैले सम्यमता अपनाउनु जरुरी छ ।’ बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले नेपाली भूमि मिचेर सडक नै बनाएको बारेमा ‘ब्रिफिङ’ गरेका थिए ।

उनले बैठकमा भारतीय राजदूतलाई बोलाएर सोधिएको उल्लेख गर्दै वार्ताका लागि नेपालको तर्फबाट सबै किसिमको प्रयास भइरहेको उल्लेख गरे ।थाहाखबर

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?