कञ्चनपुरमा झन्डै ५ सय जना क्वारेन्टिन अवधी पुरा गरी घर फर्किए,१ सय ३० जना बाकीँ

महेन्द्रनगर । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका निम्ति देश लकडाउन गरीको छ भने शंकास्पद व्यक्तिलाई क्वारेन्टिनमा राखीएको छ ।

यद्यपी महामारीको रुपमा फैलीरहेको उक्त भाइरसबाट निको भएर घर फर्किनेहरुको संख्या पनि दिनप्रतिदिन बढ्दो छ ।

कञ्चनपुरका कोरोना संक्रमित पुरुष पनि निको भएर घर फर्किसकेका छन् । त्यस्तै जिल्लामा क्वारेन्टिनमा बसेका झन्डै ५ सय जना क्वारेन्टिन अवधी सकेर घर फर्किसकेका छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार जिल्लामा शनिवार सम्म ४ सय ९५ जना क्वारेन्टिन अवधी सकेर घर फर्किसकेका छन् ।

क्वारेनिटन अवधी सकेर ४ सय ९५ जना घर फिर्ता भइसेका र अब जिल्लामा १ सय ३० जना मात्र क्वारेन्टिनमा रहेका जिल्ला प्रशासन कार्यालय कञ्चनपुरकी प्रशासकीय अधिकृत कल्पना भट्टले बताइन् ।

उनका अनुसार जिल्लामा हाल सम्म २ सय ५ जनाको स्वाव परिक्षण र १ हजार ७ सय ४० जनाको ¥यापिड परिक्षण गरीएकोमा एक जनाको रिपोर्ट पोजेटिभ(हाल निको भएर घर फर्किसकेका पुरुष) र बाकीँ सबैको नेगेटिभ आएको छ ।फाईल फोटो

ताजा खबर

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

सुदूरपश्चिमका हेमराज भट्ट रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित, १,१३७ मतसहित पहिलो महाधिवेशनमै ऐतिहासिक सफलता

काठमाडौं, १२ असार  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट...

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहबाट २४८९ विद्यार्थी दीक्षित हुँदै

कञ्चनपुर ११ असार सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो छैटौँ दीक्षान्त समारोह शुक्रबार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?