कञ्चनपुरमा झन्डै ५ सय जना क्वारेन्टिन अवधी पुरा गरी घर फर्किए,१ सय ३० जना बाकीँ

महेन्द्रनगर । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका निम्ति देश लकडाउन गरीको छ भने शंकास्पद व्यक्तिलाई क्वारेन्टिनमा राखीएको छ ।

यद्यपी महामारीको रुपमा फैलीरहेको उक्त भाइरसबाट निको भएर घर फर्किनेहरुको संख्या पनि दिनप्रतिदिन बढ्दो छ ।

कञ्चनपुरका कोरोना संक्रमित पुरुष पनि निको भएर घर फर्किसकेका छन् । त्यस्तै जिल्लामा क्वारेन्टिनमा बसेका झन्डै ५ सय जना क्वारेन्टिन अवधी सकेर घर फर्किसकेका छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार जिल्लामा शनिवार सम्म ४ सय ९५ जना क्वारेन्टिन अवधी सकेर घर फर्किसकेका छन् ।

क्वारेनिटन अवधी सकेर ४ सय ९५ जना घर फिर्ता भइसेका र अब जिल्लामा १ सय ३० जना मात्र क्वारेन्टिनमा रहेका जिल्ला प्रशासन कार्यालय कञ्चनपुरकी प्रशासकीय अधिकृत कल्पना भट्टले बताइन् ।

उनका अनुसार जिल्लामा हाल सम्म २ सय ५ जनाको स्वाव परिक्षण र १ हजार ७ सय ४० जनाको ¥यापिड परिक्षण गरीएकोमा एक जनाको रिपोर्ट पोजेटिभ(हाल निको भएर घर फर्किसकेका पुरुष) र बाकीँ सबैको नेगेटिभ आएको छ ।फाईल फोटो

ताजा खबर

वाढीले भत्काएको सुुडा पुल ठेक्का सम्झौता अघि नै पुर्ननिर्माण 

  सुनिल राना कञ्चनपुर, २५ असार काम गरे के हुँदैन, यो उदाहरण...

वाढीले भत्किएको महेन्द्रराजमार्ग सुडा पुल समय अगावै निर्माण सम्पन्न

कञ्चनपुर, २४ असार । गत बर्ष भिषणा बर्षासंगै २३ असार...

पहिलो पटक सिद्धनाथ मन्दिरमा महाआरती हुने

कञ्चनपुरकोे महेन्द्रनगर सिद्धनाथ मन्दिर(सिद्धबाबा)मा पहिलो पटक महाआरती संचालन हुने...

मेयर ओझाद्वारा महेन्द्रनगर नमुना मावि साधारण स्कुलको अनुगमन

कञ्चनपुर, असार २२ कञ्चनपुरको एक स्थानीय सरकारका प्रमुख देखिका जनप्रतिनिधीले...

महाकाली गाईडबण्ड सन्तोषजनक ः गृहमन्त्री लेखक

उपेश सिंह धामी कञ्चनपुर २२ असार । कञ्चनपुर स्थित महाकाली गाईडबण्ड,दोधाराचाँदनी...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?