मार्मा गाउँपालिकाले घर भाडा गरी पढ्ने विद्यार्थीलाई ३/३ हजार नगद राहत दिने

महेन्द्रनगर ।  दार्चुलाको मार्मा गाउँपालिकाले जिल्लाबाहिर अन्य जिल्लामा घर भाडा गरी पढ्ने मार्माका विद्यार्थीलाई नगद राहत दिने निर्णय गरेको छ ।

लकडाउनका कारण कसैले पनि भोकै बस्न नपरोप भन्ने उद्देश्यले मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामीको अध्यक्षतामा शुक्रबार बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।

लकडाउनका कारण कसैले भोकै बस्न नपरोस भन्ने उद्देश्यले जिल्लाबाहिर घर भाडा गरी पढ्ने मार्माका विद्यार्थीलाई तीन/तीन हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष जमनसिह धामीले बताए ।

उनले भने ‘राहत रकम लिन धनगढी लागि प्रेमसिह धामी, महेन्द्रनगरको लागि राजेन्द्र विष्ट, काठमाण्डौंका लागि नरबहादुर विष्ट र अकबरसिह ठगुन्नालाई सम्पर्क गर्न सक्नेछन् ।’

‘आफ्नो नाम ठेगनासहित परिचय पत्र खुल्ने विवरण सहित सम्पर्क गरे राहत रकम उपलब्ध गराइने छ ।’ अध्यक्ष धामीले भने ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?