मार्मा गाउँपालिकाले घर भाडा गरी पढ्ने विद्यार्थीलाई ३/३ हजार नगद राहत दिने

महेन्द्रनगर ।  दार्चुलाको मार्मा गाउँपालिकाले जिल्लाबाहिर अन्य जिल्लामा घर भाडा गरी पढ्ने मार्माका विद्यार्थीलाई नगद राहत दिने निर्णय गरेको छ ।

लकडाउनका कारण कसैले पनि भोकै बस्न नपरोप भन्ने उद्देश्यले मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामीको अध्यक्षतामा शुक्रबार बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।

लकडाउनका कारण कसैले भोकै बस्न नपरोस भन्ने उद्देश्यले जिल्लाबाहिर घर भाडा गरी पढ्ने मार्माका विद्यार्थीलाई तीन/तीन हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष जमनसिह धामीले बताए ।

उनले भने ‘राहत रकम लिन धनगढी लागि प्रेमसिह धामी, महेन्द्रनगरको लागि राजेन्द्र विष्ट, काठमाण्डौंका लागि नरबहादुर विष्ट र अकबरसिह ठगुन्नालाई सम्पर्क गर्न सक्नेछन् ।’

‘आफ्नो नाम ठेगनासहित परिचय पत्र खुल्ने विवरण सहित सम्पर्क गरे राहत रकम उपलब्ध गराइने छ ।’ अध्यक्ष धामीले भने ।

ताजा खबर

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी भारत प्रस्थान

कञ्चनपुर, ६ कार्तिक भारतको नोएडामा आयोजना हुने दोस्रो ओकिनावा...

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?