महेन्द्रनगर । दार्चुलाको मार्मा गाउँपालिकाले जिल्लाबाहिर अन्य जिल्लामा घर भाडा गरी पढ्ने मार्माका विद्यार्थीलाई नगद राहत दिने निर्णय गरेको छ ।
लकडाउनका कारण कसैले पनि भोकै बस्न नपरोप भन्ने उद्देश्यले मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामीको अध्यक्षतामा शुक्रबार बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।
लकडाउनका कारण कसैले भोकै बस्न नपरोस भन्ने उद्देश्यले जिल्लाबाहिर घर भाडा गरी पढ्ने मार्माका विद्यार्थीलाई तीन/तीन हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष जमनसिह धामीले बताए ।
उनले भने ‘राहत रकम लिन धनगढी लागि प्रेमसिह धामी, महेन्द्रनगरको लागि राजेन्द्र विष्ट, काठमाण्डौंका लागि नरबहादुर विष्ट र अकबरसिह ठगुन्नालाई सम्पर्क गर्न सक्नेछन् ।’
‘आफ्नो नाम ठेगनासहित परिचय पत्र खुल्ने विवरण सहित सम्पर्क गरे राहत रकम उपलब्ध गराइने छ ।’ अध्यक्ष धामीले भने ।