पौडी खेलेर महाकाली नदी पार गरी भारत प्रवेश गरेका ४ नेपालीलाई एसएसबीले गिरफ्तार ग¥यो

महेन्द्रनगर । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले ४ नेपालीलाई पक्राउ गरेको छ ।

सोमवार महाकाली नदी पार गर्दै नेपालबाट अवैध रूपमा भारतको पिथौढागड प्रवेश गरेपछि उनिहरुलाई पक्राउ गरीएको भारतीय सञ्चार दैनिक जागरणले लेखेको छ ।

पिथौढागडमा लकडाउन खुकुलो भएपछि काम खोज्दै नेपालको दार्चुला जिल्लाका शंकर सिंह,राजेश निरोला,महेश टमटा र संतोस गौतम त्यहा पुगेका थिए ।

विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस रोकथामका लागी नेपाल–भारत सीमा सबै बन्द गरीएको छ ।

तर भारत सरकारले केही सहरमा लकडाउन खुकुलो पारेपछी काम खोज्दै ती नेपाली पौडी खेलेर अवैध रुपमा महाकाली नदी पार गरी भारत प्रवेश गरेको भन्दै एसएसबिले पक्राउ गरेको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार पक्राउ गरीएका ती नेपालीहरुको स्वास्थ्य परिक्षण गरी पिथौढागड स्थित बारहम क्वारेन्टाइनमा पठाइएको छ ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?