पौडी खेलेर महाकाली नदी पार गरी भारत प्रवेश गरेका ४ नेपालीलाई एसएसबीले गिरफ्तार ग¥यो

महेन्द्रनगर । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले ४ नेपालीलाई पक्राउ गरेको छ ।

सोमवार महाकाली नदी पार गर्दै नेपालबाट अवैध रूपमा भारतको पिथौढागड प्रवेश गरेपछि उनिहरुलाई पक्राउ गरीएको भारतीय सञ्चार दैनिक जागरणले लेखेको छ ।

पिथौढागडमा लकडाउन खुकुलो भएपछि काम खोज्दै नेपालको दार्चुला जिल्लाका शंकर सिंह,राजेश निरोला,महेश टमटा र संतोस गौतम त्यहा पुगेका थिए ।

विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस रोकथामका लागी नेपाल–भारत सीमा सबै बन्द गरीएको छ ।

तर भारत सरकारले केही सहरमा लकडाउन खुकुलो पारेपछी काम खोज्दै ती नेपाली पौडी खेलेर अवैध रुपमा महाकाली नदी पार गरी भारत प्रवेश गरेको भन्दै एसएसबिले पक्राउ गरेको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार पक्राउ गरीएका ती नेपालीहरुको स्वास्थ्य परिक्षण गरी पिथौढागड स्थित बारहम क्वारेन्टाइनमा पठाइएको छ ।

ताजा खबर

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी भारत प्रस्थान

कञ्चनपुर, ६ कार्तिक भारतको नोएडामा आयोजना हुने दोस्रो ओकिनावा...

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?