कञ्चनपुरः लायन्सद्धारा स्थानिय तह तथा अस्पताललाई स्वास्थ्य सामाग्री वितरण

महेन्द्रनगर । कञ्चनपुरका लायन्स क्लवहरुले जिल्लाका स्थानिय तह तथा आँखा अस्पताललाई स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।

शुक्रवार लायन्स क्लव अफ महाकाली र लायन्स क्लव अफ रानीतालले सयुक्त रुपमा जिल्लाको भीमदत्त,बेदकोट,शुक्लाफाँटा नगरपालीका र महेन्द्रनगर आँखा अस्पताललाई पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिइ), माक्स, ह्यान्ड गलब्स,सेनिटाइजर लगाएतका स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।

भीमदत्त नगरपालीकालाई ४ थान पिपिइ,४ सय थान माक्स, ३ सय जोड ह्यान्ड गलब्स, बेदकोटलाई ४ थान पिपिइ, ४ सय ५० थान माक्स, ३ सय जोड गलब्स, शुक्लाफाँटामा २ थान पिपिइ र महेन्द्रनगर आँखा अस्पतालमा २ थान पिपिइ, २ सय थान माक्स र १३ थान सेनिटाइजर सहयोग गरीएको लायन्स जिल्ला परिषद् ३२५ बी २ नेपालका सल्लाहकार डा.भोजराज पन्तले बताए ।

लायन्स क्लव अफ महाकाली र रानीताल निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएका छन् ।

ताजा खबर

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?