खानेपानी मन्त्रीद्वारा गृहनगरका चार स्थानीय तहलाई खाद्यान्न तथा स्वास्थ्य सुरक्षा समाग्री सहयोग

लाल ब. एसके
कञ्चनपुर, ४ बैशाख,
चीनको बुहान शहरबाट फैलिएको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउनसंगै स्वास्थ्य क्षेत्रको कार्यक्रम अघि बढाईरहेको छ ।

संघीय सरकारकी खानेपानीमन्त्री बिना मगरले गृहनगर कञ्चनपुरका चार स्थानीय तहमा खाद्यान्न र स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरेकी छिन् । प्रतिनिधी सभा सदस्य समेत रहेकी मन्त्री मगरले कञ्चनपुर क्षेत्र नम्बर १का चार स्थानीय तहलाई खाद्यान्नका साथै स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरेकी हुन् ।

मन्त्री मगरका स्वकीय सचिव दिपक तिम्लिसिनाले चारै स्थानीय तह, बेलडाँडी, लालझाडी गाउँपालिका र बेलौरी, पुनर्वास नगरपालिकालाई खाद्यान्न र स्वास्थ्य सुरक्षा समाग्री हस्तान्तरण गरेका छन् । यस अघि सोमबार २५ क्विन्टलका दरले चारै स्थानीय तहलाई चामल हस्तान्तरण गरिएको थियो । बिहीबार मन्त्रीका स्वकिय सचिव तिम्लिसिनाले चारै स्थानीय तहका प्रमुखलाई स्वास्थ्य सुरक्षा समाग्री हस्तान्तरण गरेका छन् ।

मन्त्रीका स्वकीय सचिव तिम्लिसिनाले चारै स्थानीय तहलाई मास्क १८ हजार, स्वास्थ्यकर्मीका लागि स्वाथ्य सुरक्षा समाग्री पिपिई ९६ थान र १२ सय ८० थान साबुन वितरण गरिएको छ ।

सचिव तिमेलसेना अनुसार बेलडाँडीलाई ४ हजार मास्क, २ सय साबुन , १८ पिपिई, लालझाँडीलाई पनि बेलडाँडीकै जति ४ हजार मास्क, २सय साबुन , १८ पिपिई वितरण गरिएको छ । बेलौरी नगरपालिकालाई ५ हजार मास्क, पिपिई ३० थान र ४ सय साबुन र पुर्नवास नगरपालिकालाई पनि बेलौरीकै जति ५ हजार मास्क, पिपिई ३० थान र ४ सय साबुन वितरण गरिएका हुन् ।

मन्त्रीका स्वकिय सचिव तिम्लिसिनाले बेलडाँडी गाउँपालिका प्रमुख धन बहादुर थापा, लालझाडी गाउँपालिका प्रमुख मदन सेन बडायक, बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरी र पुनर्वासका नगरप्रमुख जिवनराज थापालाई उक्त समाग्री हस्तान्तरण गरेका छन् । राहत कार्यक्रममा नेकपा चारै स्थानीय तहका नेताहरुको उपस्थिति हरेको थियो ।

खानेपानी मन्त्री मगरले आफ्ना क्षेत्रका जनताका लागि खाद्यान्न र स्वास्थ्य सुरक्षा समाग्री व्यक्तिगत रुपमा सहयोग गरेको स्वकिय सचिव तिम्लिसिनाले बताए । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाईरस९कोडिभ–१९० को संक्रमणबाट जोगिनका लागि खाद्य र सुरक्षा समाग्री सहयोग गरिएको खानेपानी मन्त्री मगरको सचिवालयले जनाएको छ ।

आगामी दिनमा समेत जनताको जिउधनको सुरक्षाका लागि सहयोग गरिने मन्त्रीको सचिवालयले प्रतिबद्धता जाहेर गरेको छ । मन्त्रीले व्यक्तिगत रुपमा गरेको सहयोगबाट आ–आफ्नो गाउँ तथा नगरपालिकालाई ठुलो राहत पुगेको स्थानीय तहका प्रमुखहरुले बताएका छन् । स्थानीयले समेत खानेपानी मन्त्री बिनाले सहयोगको प्रसंसा गरेका छन् ।

स्थानीयले मन्त्रीको व्यक्तिगत सहयोग भन्दै थप हर्षित भएका छन् । ईतिहासकै सो क्षेत्रबाट निर्वाचित यस अघिका कुनैपनि संसद मन्त्री हुन नसेनन् । सो क्षेत्रबाट मन्त्रीले आफ्ना नागरिकको समस्या मध्य नजर गर्दै गरेको सहयोग अतुलनिय भएको टिप्पणी गरेका छन् ।

भारतसंग सीमा जोडिएका बेलडाँडी, बेलौरी र पुर्नवास नगरपालिका क्षेत्रमा थप सुरक्षा बल तैनाथ, आन्तरिक सुरक्षा एव जनताका लागि राहत कार्यक्रम ल्याएर आउने मन्त्रीले क्षेत्रको लागि हदैसम्मको प्रयास थालेको स्थानीयको भनाई छ ।

ताजा खबर

दोस्रो वासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधी एनप्याव्सन लाई

कञ्चनपुर-दोस्रो वासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको पुर्व सन्ध्यामा...

कोब्राले लियो ज्यान, सामाजिक सञ्जालले दियो प्रेरणा

काठमाडौं । भारतको तेलंगानामा एक युवकले कोब्रा सर्पलाई मुखभित्र...

बिर्षती पर्व धुमधामका साथ सम्पन्न

कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ८ तिलाचौरमा हुने बिर्षती...

सुदूरपश्चिमका लैंगिक मैत्री प्रथाहरुको प्रचार आवश्यक : पूर्व मुख्यमन्त्री रावल

कञ्चनपुर - सुदुरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले...

नेपाली कांग्रेस र नेकपा एमाले विच भएको सहमति २०८४ को निर्वाचन सम्म कायम रहन्छ : मन्त्री लेखक

कञ्चनपुर- गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमाले...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?