खानेपानी मन्त्रीद्वारा गृहनगरका चार स्थानीय तहलाई खाद्यान्न तथा स्वास्थ्य सुरक्षा समाग्री सहयोग

लाल ब. एसके
कञ्चनपुर, ४ बैशाख,
चीनको बुहान शहरबाट फैलिएको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउनसंगै स्वास्थ्य क्षेत्रको कार्यक्रम अघि बढाईरहेको छ ।

संघीय सरकारकी खानेपानीमन्त्री बिना मगरले गृहनगर कञ्चनपुरका चार स्थानीय तहमा खाद्यान्न र स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरेकी छिन् । प्रतिनिधी सभा सदस्य समेत रहेकी मन्त्री मगरले कञ्चनपुर क्षेत्र नम्बर १का चार स्थानीय तहलाई खाद्यान्नका साथै स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरेकी हुन् ।

मन्त्री मगरका स्वकीय सचिव दिपक तिम्लिसिनाले चारै स्थानीय तह, बेलडाँडी, लालझाडी गाउँपालिका र बेलौरी, पुनर्वास नगरपालिकालाई खाद्यान्न र स्वास्थ्य सुरक्षा समाग्री हस्तान्तरण गरेका छन् । यस अघि सोमबार २५ क्विन्टलका दरले चारै स्थानीय तहलाई चामल हस्तान्तरण गरिएको थियो । बिहीबार मन्त्रीका स्वकिय सचिव तिम्लिसिनाले चारै स्थानीय तहका प्रमुखलाई स्वास्थ्य सुरक्षा समाग्री हस्तान्तरण गरेका छन् ।

मन्त्रीका स्वकीय सचिव तिम्लिसिनाले चारै स्थानीय तहलाई मास्क १८ हजार, स्वास्थ्यकर्मीका लागि स्वाथ्य सुरक्षा समाग्री पिपिई ९६ थान र १२ सय ८० थान साबुन वितरण गरिएको छ ।

सचिव तिमेलसेना अनुसार बेलडाँडीलाई ४ हजार मास्क, २ सय साबुन , १८ पिपिई, लालझाँडीलाई पनि बेलडाँडीकै जति ४ हजार मास्क, २सय साबुन , १८ पिपिई वितरण गरिएको छ । बेलौरी नगरपालिकालाई ५ हजार मास्क, पिपिई ३० थान र ४ सय साबुन र पुर्नवास नगरपालिकालाई पनि बेलौरीकै जति ५ हजार मास्क, पिपिई ३० थान र ४ सय साबुन वितरण गरिएका हुन् ।

मन्त्रीका स्वकिय सचिव तिम्लिसिनाले बेलडाँडी गाउँपालिका प्रमुख धन बहादुर थापा, लालझाडी गाउँपालिका प्रमुख मदन सेन बडायक, बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरी र पुनर्वासका नगरप्रमुख जिवनराज थापालाई उक्त समाग्री हस्तान्तरण गरेका छन् । राहत कार्यक्रममा नेकपा चारै स्थानीय तहका नेताहरुको उपस्थिति हरेको थियो ।

खानेपानी मन्त्री मगरले आफ्ना क्षेत्रका जनताका लागि खाद्यान्न र स्वास्थ्य सुरक्षा समाग्री व्यक्तिगत रुपमा सहयोग गरेको स्वकिय सचिव तिम्लिसिनाले बताए । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाईरस९कोडिभ–१९० को संक्रमणबाट जोगिनका लागि खाद्य र सुरक्षा समाग्री सहयोग गरिएको खानेपानी मन्त्री मगरको सचिवालयले जनाएको छ ।

आगामी दिनमा समेत जनताको जिउधनको सुरक्षाका लागि सहयोग गरिने मन्त्रीको सचिवालयले प्रतिबद्धता जाहेर गरेको छ । मन्त्रीले व्यक्तिगत रुपमा गरेको सहयोगबाट आ–आफ्नो गाउँ तथा नगरपालिकालाई ठुलो राहत पुगेको स्थानीय तहका प्रमुखहरुले बताएका छन् । स्थानीयले समेत खानेपानी मन्त्री बिनाले सहयोगको प्रसंसा गरेका छन् ।

स्थानीयले मन्त्रीको व्यक्तिगत सहयोग भन्दै थप हर्षित भएका छन् । ईतिहासकै सो क्षेत्रबाट निर्वाचित यस अघिका कुनैपनि संसद मन्त्री हुन नसेनन् । सो क्षेत्रबाट मन्त्रीले आफ्ना नागरिकको समस्या मध्य नजर गर्दै गरेको सहयोग अतुलनिय भएको टिप्पणी गरेका छन् ।

भारतसंग सीमा जोडिएका बेलडाँडी, बेलौरी र पुर्नवास नगरपालिका क्षेत्रमा थप सुरक्षा बल तैनाथ, आन्तरिक सुरक्षा एव जनताका लागि राहत कार्यक्रम ल्याएर आउने मन्त्रीले क्षेत्रको लागि हदैसम्मको प्रयास थालेको स्थानीयको भनाई छ ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?