सुदूरपश्चिममा कोरोनाको उच्च जोखिम देखिएपछि स्वास्थ्यमन्त्री ढकाललाई लेखकको गरे फोन

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सुदूर पश्चिम् प्रदेशमा कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै तत्काल प्रयोगशालाको क्षमता र गुणस्तर वृद्धि गर्न सरकारसँग आग्रह गरेका छन् ।

शनिबार मात्र कैलाली र कञ्चनपुरमा ३ जना कोरोना संक्रमण भेटिएसँगै त्यस क्षेत्रमा महामारी बढन सक्ने भएकाले रोकथामको लागि सरकारले तत्काल प्रयोगशाला र गुणस्तर वृद्धि गर्नुपर्ने सुझाव दिएका हुन् ।

नेता लेखकले ट्वीट गर्दै भनेका छन् बढी टेस्ट गर्न प्रयोगशाला ,अस्पतालको क्षमता र सामग्री पुगेन, थप गरौ ।

त्यस्तै नेता लेखकले सरकारले लकडाउनलाई कडा गरि पालिकामा समेत आवतजावतमा लगाएको बन्देज सकारात्मक रहेकाले पालना गर्न र कडाई साथ लागू गर्नुपर्नेमा जोड दिए ।

सुदूर पश्चिमको पछिल्लो अवस्थाका र सरकारको तर्फबाट भएका प्रयासका बारेमा नेता लेखक र स्वस्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालबीच टेलिफिन मार्फत कुराकानी भएको छ ।

कुराकानीका क्रममा नेता लेखकले सुदुर पश्चिममा लाखौँको संख्यामा छिमेकी मुलुकबाट स्वदेश आएका र प्रयोगशाला , उपकरण र जनशक्तिको अभावका कारण न्यून संख्यामा मात्र परिक्षण भएकोले दैनिक कम्तिमा ५०० जना सम्मको परिक्षणको ब्यवस्था मिलाउन सुझाव दिएका थिए ।

मन्त्री ढकालले पनि सुझावलाई सकारात्मक रुपमा लिइ सुदूर पश्चिममा आवश्यक उपकरण र जनशक्तिको ब्यवस्था र परिक्षणको दायरा बढाउन सरकारले आवश्वक प्रक्रियाअघि बढाउने आश्वासन दिएको लेखकका स्वकीय सचिब जनक भट्टले जानकारी दिए ।रातोपाटी

ताजा खबर

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?