श्रीमती र दुई छोरीलाई आगो लगाएर एक व्यक्ति फरार

इटहरी । सुनसरीको इनरुवाका एक व्यक्तिले घरमा सुतिरहेका पत्नी र दुई छोरीहरूलाई आगो लगाई फरार भएका छन् ।

तीन दिनअघिको घटना भए पनि डरले प्रहरीसमक्ष ढिलो उजुरी आएपछि हिजो मात्र घटनाबारे थाहा भएको हो ।

इनरुवा नगरपालिका-८ डुम्राहा सतखोलियाका सियाराम उराँवले २० चैत बेलुका खाना खाएर श्रीमती कमलकुमारी उराँव, ७ वर्षकी छोरी प्रतिक्षा र ४ वर्षकी छोरी प्रतिज्ञालाई सुतिरहेको अवस्थामा घरमा आगो लगाएर भागेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माका अनुसार जलेर घाइते आमाछोरीहरूको इनरुवा अस्पतालमा प्रारम्भिक उपचारपछि विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेकको छ ।

त्रासले उजुरी गर्न लुकाइएको सो घटना तीन दिनपछि पिडितको माइतीबाट आफन्त आएर प्रहरी कार्यालयमा उजुरी गरेपछि बाहिर आएको उनले बताए ।

प्रहरीले फरार रहेका सियारामको खोजी गरिरहेको छ ।देखापढी

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?