श्रीमती र दुई छोरीलाई आगो लगाएर एक व्यक्ति फरार

इटहरी । सुनसरीको इनरुवाका एक व्यक्तिले घरमा सुतिरहेका पत्नी र दुई छोरीहरूलाई आगो लगाई फरार भएका छन् ।

तीन दिनअघिको घटना भए पनि डरले प्रहरीसमक्ष ढिलो उजुरी आएपछि हिजो मात्र घटनाबारे थाहा भएको हो ।

इनरुवा नगरपालिका-८ डुम्राहा सतखोलियाका सियाराम उराँवले २० चैत बेलुका खाना खाएर श्रीमती कमलकुमारी उराँव, ७ वर्षकी छोरी प्रतिक्षा र ४ वर्षकी छोरी प्रतिज्ञालाई सुतिरहेको अवस्थामा घरमा आगो लगाएर भागेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माका अनुसार जलेर घाइते आमाछोरीहरूको इनरुवा अस्पतालमा प्रारम्भिक उपचारपछि विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेकको छ ।

त्रासले उजुरी गर्न लुकाइएको सो घटना तीन दिनपछि पिडितको माइतीबाट आफन्त आएर प्रहरी कार्यालयमा उजुरी गरेपछि बाहिर आएको उनले बताए ।

प्रहरीले फरार रहेका सियारामको खोजी गरिरहेको छ ।देखापढी

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?