कोरोना भाइरस ः २४ घण्टामा ५ हजार ९ सय ६७ को मृत्यु

काठमाडौं–विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण २४ घण्टाको अवधिमा ७९ हजार ३ सय ३ जनामा फैलिएको छ । यो समयमा ५ हजार ९ सय ६७ जनाले ज्यान गुमाएका छन् ।

विश्वका २०४ देशमा फैलिएको यो महामारीबाट अहिलेसम्म ५२ हजार १ सय ५९ जनाले ज्यान गुमाएका छन् । १० लाख १४ हजार ४ सय ९९ जना संक्रमित छन् । संक्रमितमध्ये २ लाख १२ हजार १८ जना उपचारपछि घर फर्किएका छन् ।

संक्रमणमा रहेका ७ लाख ४९ हजार ३ सय २२ जना विश्वका विभिन्न अस्पताल, क्वारेन्टाइन र आइसोलेसनमा भर्ना भएर उपचार गरिरहेका छन् । जसमध्ये ३७ हजार ६ सय ९८ जनाको अवस्था गम्भीर छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको महामारीले अहिले सबैभन्दा बढी अमेरिकालाई प्रभावित बनाएको छ । अमेरिकामा २ लाख ४४ हजार ४ सय ३३ संक्रमित छन् । २४ घण्टामा मात्रै अमेरिकामा २९ हजार ४ सय ३० जनामा संक्रमण देखिएको छ । अहिलेसम्म अमेरिकामा ६ हजार ६३ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै सबैभन्दा बढी मृत्यु भएको इटालीमा १३ हजार ९ सय १५ जनाले ज्यान गुमाएका छन् । १ लाख १५ हजार २ सय ४२ जना संक्रमित छन् ।

तेस्रो धेरै संक्रमित भएको मुलुक स्पेन हो । स्पेनमा अहिलेसम्म १ लाख १२ हजार ६५ संक्रमित छन् । अहिलेसम्म १० हजार ३ सय ४८ जनाले ज्यान गुमाएका छन् ।

बितेको २४ घण्टामा फ्रान्समा धेरैको मृत्यु भएको छ । १ हजार ३ सय ३५ जनाले ज्यान गुमाउँदा कोरोनाकै कारण फ्रान्समा ज्यान गुमाउनेको संख्या ५ हजार ३ सय ८७ पुगेको छ । फ्रान्समा ५९ हजार १ सय ५ संक्रमित छन् ।एजेन्सी

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?